श्रमजीवी पत्रकार संघ नेपाल द्बारा सिभिल हस्पिटलमा ध्यानाकर्षण

श्रमजीवी पत्रकार संघ नेपाल द्बारा सिभिल हस्पिटलमा ध्यानाकर्षण

माघ ७ काठमाडौ

श्रमजिवी पत्रकार संघ नेपाल द्बारा सिभिल हस्पिटलमा ध्यानाकर्षण गरिएको छ।

विज्ञापन

गत बुधबार पत्रकार एलबी बिश्वकर्मलाइ स्वाशप्रस्वास समस्या भएपछि सिभिल हस्पिटलमा लगिएको थियो।

हस्पिटलमा उपचार नगरी आसियु छैन भन्दै बिश्वकर्मलाइ हस्पिटलबाट अन्त्यै लैजाने भनेपछि पाटन हस्पिटल पुर्याउदा अस्पतालले बिश्वकर्मलाइ मृत घोषण गरेको थियो।

पत्रकार एलबी विश्वकर्माकाे उपचारमा लापरवाही गरिएपछि भएकाे दु:खत निधनका भएकाले सिभिल हस्पिटलकाे व्यवस्थापनसँग ध्यानाकर्षण गरिएको अध्यक्ष जन्मदेव जैशीले बताए।

उपचार नगरी आसियु छैन भन्दै फर्काउने सम्बन्धित विभागका कर्मचारीमाथि उचित छानविनसहित कारवाही नगरे र पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजिवी प्रत्रकार संघ तर्फबाट गेटमा धर्नादिने चेतावनी दिइएको छ।

व्यवस्थापनका पक्षबाट डाइरेक्टर विधाननिधि पाैडेल काेभिडका कारण आइसुलेशनमा भएकाले उहाँले फाेनमार्फतकाे निर्देशनमा डा. अनुजजङ्ग रायमाझीले पीडित र कर्मचारी दुवै पक्षसँग बुझेर आवश्यक कारवाहीका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।

उनका अनुसार आगामी आइतवार श्रमजीवी-पत्रकार संघ नेपाल, हस्पिटलकाे व्यवस्थापन पक्ष र पीडित पक्षबीचकाे त्रिपक्षीय बैठकबाट ठाेस गर्दै न्यायका लागि पहल गर्ने वचनपनि साे डेलिगेशनका क्रममा दिएको छ।

यदि निष्पक्ष छानविनसहित कारवाही र उचित क्षतिपूर्ति नदिए श्रमजीवी-पत्रकार संघ, नेपालकाे नेतृत्वमा आन्दाेलनका कार्यक्रम घाेषणा गर्ने जैसीले सामाजिक सञ्जालमा लेखेका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता