पत्रकार परियार द्धारा जन्मदिनमा एलवी बिश्वकर्मको परिवारलाइ सहयोग

पत्रकार परियार द्धारा जन्मदिनमा एलवी बिश्वकर्मको परिवारलाइ सहयोग

माघ ७ सल्यान

पत्रकार मिलन परियारले जन्मदिनको अबसरमा मृतक एलबी बिश्वकर्मको परिवारलाइ रु ५ हजार सहयोग गरेका छन।

गत बुधबार उपचारको क्रममा पत्रकार एलबी बिश्वकर्म रु ६ सयको अभावमा २६ बर्षको कलिलो उमेरमा सदाको लागी संसार छोडेका थिय।

उनको आर्थिक अभावका कारण पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि केही सजिलो होस् भनेर सहयोग गरेका परियारले बाल बच्चाको पालनपोषण र शिक्षाको व्यवस्थाका लागिअक्षय कोष स्थापनाको लागी रु ५ हजार सहयोग गरेको फेसबुक मार्फत जानकारी दिएका थिए।

उनले फेसबुक मार्फत पत्रकार एलबी बिश्वकर्मको बालबालिकालाइ पालनपोषण मा सहयोग पुग्ने गरी अक्षयकोष स्थापना गर्न सजिलो होस भनेर जन्मदिनमा सबैलाइ अपिल गर्दै सहयोग गरेका छन।

परियारले जन्मदिनको अबसरमा फेसबुकमा यस्तो लेखेका छन।

आज म जन्मेको दिन ! आर्थिक अभावका कारण समयमै उपचार नपाएर हिजो २६ वर्षको कलिलो उमेरमा ज्यान गुमाएका टिभि टुडेमा कार्यरत स्व.एलवी विश्वकर्माको पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि केही सजिलो होस् भनेर हिजो केही सकेको आर्थिक सहयोग गरेको थिए अबको चिन्ता भनेको बच्चाको पालनपोषण र शिक्षाको व्यवस्थाका लागि कोष स्थापनाको पहल गर्दैछौ । उक्त कोषमा मेरो तर्फबाट ५००० सहयोग रहनेछ तपाईहरुको सानो सहयोगले बच्चाहरूको पालनपोषणमा मदत पुग्नेछ तसर्थ सहयोगका लागि अपिल गर्दछु ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता