सहिद अमर केसी( क. शिशिर ) काे २१ ओै स्मृति सभा कार्यक्रम सम्पन्
बैशाख २४ सल्यान
जनयुद्धका महान वीर सहिद अमर केसी (क.शिशिर)काे २१ ओै स्मृति सभा कार्यक्रम सम्पन्न भएको छ।
माओवादी केन्द्र छत्रेश्वरी गाउँसमिति ३ नं वडा समितिकाे आयाेजनामा जनयुद्धका महान सहिद अमर केसी (क.शिशिर) काे २१ ओै स्मृति सभा कार्यक्रम महान सहिद परिवार शिशिरकाे निवास छत्रेश्वरी ३ पेदीखाेलामा सम्पन्न भएको हाे।

माओवादी केन्द्र छत्रेश्वरी गाउँ समिति ३ नं पार्टी अध्यक्ष लाल बहादुर थापाकाे अध्यक्षता तथा पार्टी सचिव भुपेन्द्र राज खड्काकाे सञ्चालनमा आयाेजना गरिएको स्मृति सभा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य सल्यान जिल्ला ईन्चार्ज किर्ति बहादुर पुन( क. प्रकाण्ड सिंह)काे प्रमुख आतिथ्यता पार्टीका केन्द्रीय सदस्य एकीकृत समाजवादी केन्द्रीय सदस्य हरि केसी माओवादी केन्द्र प्रदेश समिति सचिवालय सदस्य तथा छत्रेश्वरी गाउँ समिति इन्चार्ज प्रेम बहादुर खड्का (क. प्रभात)

प्रदेश सदस्य छत्रेश्वरी गाउँ समिति प्रदेश सदस्य तथा छत्रेश्वरी गाउँ समिति अध्यक्ष हिमाल यात्री,जिल्ला समन्वय समिति सदस्य, धुर्व भण्डारी, चित्र बहादुर केसी हिमाल, गाउँ समिति उपाध्यक्ष भिम बहादुर परियार, पार्टी सचिव प्रेम पहाडी,

काेषाध्यक्ष गीताञ्जली भण्डारी, नेकपा जिल्ला समिति सदस्य शेर बहादुर खड्का नेका जिल्ला सदस्य नवराज वली, गाउँसमिति सदस्य पारस वली ,सहिद तथा बेपत्ता समाज छत्रेश्वरी अध्यक्ष डम्बर खडका, वाइसीएल जिल्ला सचिव राकेश जैसी, महान सहिदकाे जीवन संगेनी खिर्मा खत्री, महान सहिदकाे वुवा वाेईलाल खत्री,आमा इश्वरी खत्री महान सहिद जय बहादुर खड्काकाे जीवन संगेनी माेती खडका जेष्ठ

कम्युनिस्ट सदस्य बलवीर खत्री,महान सहिदका जेष्ठ सुपुत्र निम प्रकाश केसी, कान्छाे सुपुत्र ललित केसी
आदरणीय सहिद परिवारजनहरु स्थानीय आदरणीय जनसमुदायकाे बिशेष उपस्थितिमा सहिद शिशिरकाे २१ ओै स्मृति सभा कार्यक्रम सम्पन्न भएको हाे।
प्रमुख अतिथि ,बिशिस्ट अतिथि तथा अतिथिहरुबाट महान सहिदकाे फाेटामा माल्यार्यापन गर्नु भएको थियोे ।
सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि किर्ति बहादुर पुन (प्रकाण्ड सिंहले जनयुद्धकाे एक कमान्डरकाे रुपमा रहनु भएका शिशिरकाे २१ ओै स्मृति सभाले क्रान्तिमा बलिदान गर्ने वीर सहिदकाे बलिदानले एकात्मक वंशीय राज्य व्यवस्था अन्त्य सगेेै संघीय लाेकतान्त्रिक गणतन्त्र ,धर्मनिरपेक्षता,समानुपातिक समावेशी,सहितकाे व्यवस्था स्थापना गर्न सफल भएको र समाजवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न पार्टी नेतृत्वलाई याे स्मृति सभाले निर्देशन गरेकाे बताउनुभयो ।
मान्छे जन्मन्छ र मृत्युु हुन्छ तर शिशिरकाे मृत्यु किर्तिमान पुर्ण भएको बताउदै अहिले माओवादी केन्द्रका मात्रै सहिद नभएको र राष्ट्रिय सहिद भएकोमा गणतान्त्रिक सहिदको सम्मान राष्ट्रले गर्नुकाे साटाे जनयुद्ध दिवसबाट सर्वाेच्चकाे अधिकार प्रयाेग गरेर अपमान गरेकाे प्रति खेद प्रकट गर्नुभयो।
त्याे मान्छेकाे मात्रै इतिहास रहन्छ जसले वर्गीय पक्षधरताकाे नीति,विचार र सिद्धान्तकाे स्वीकार गरदै वर्गीय उत्पीडनका विरुद्धका आवाजकाे नेतृत्व गर्न तयार हुन्छ र राज्यव्यवस्थामा उत्पीडितकाे प्रतिनिधित्वकाे लागि मृत्युु र मुक्तिकाे मार्ग राज्ने गर्दछ।

जनयुद्धका सहिद हरुलाई प्रतिगामीले आतंककारी भन्ने गरेकाे र महान सहिदहरुलाई प्रचण्ड सरकारले राष्ट्रिय सहिद घाेषणा गरेकाे र सबै सहिद परिवार प्रति राष्ट्रिय सम्मान गरेकाे छ
जनयुद्ध उत्पीडितका लागि मुक्तिमार्ग भएको बताउदै माओवादी जनयुद्धकाे जगमा अहिले उत्पीडित बर्ग समुदायकाे राज्यमा प्रतिनिधित्व भएको प्रतिगामीलाई स्वीकार भएको छैन यसका लागि प्रतिगामी हर्कत विरुद्ध सम्पूर्ण सहिद परिवार उत्पीडित बर्ग समुदाय, दलित ,जनजाति, संघीयता, गणतन्त्र,समानुपातिक समावेशी,धर्मनिरपेक्षताकाे रक्षा गर्दै समाजवादी क्रान्तिमा लाग्न फेरि माओवादी पार्टीलाई ०६४ काे स्थानमा जिताउन महान सहिद परिवार,बेपत्ता याेद्धा परिवार, घाइते अपांगता याेद्धाहरुले पार्टीलाई समाजवादी क्रान्ति काे नेतृत्व गर्ने ताकतकाे लागि टुटफुट विभाजनबाट राेक्न खबरदारी गर्न आग्रह गर्नुभयो ।
२०५१ सालमा बिद्यार्थी संगठनमा जाेडिनुभएका शिशिर अनेरास्ववियु क्रान्तीकारीकाे सल्यान जिल्ला उपाध्यक्ष हुँदै पार्टीले सञ्चालन गरेकाे गण्डक अभियानमा अर्घाखाँचीमा पुग्नु भएका शिशिरकाे अर्घाखाँची जनसरकार घाेषणा कार्यक्रममा जाँदै गर्दा शाही नेपाली सेनाले घेरा हालेर २०६१ साल बेैशाख २४ निर्मम तरिकाले गाेली हानी हत्या गरेकाे थियोे।


















प्रतिकृया दिनुहोस्