ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ

बैशाख १७ काठमाडौ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

विज्ञापन

जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो ।

पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो ।

प्रज्ञा भवन परिसरमा एकता घोषणा कार्यक्रम भइरहेकोमा सादा पोषाकमा आएका प्रहरीले चौधरीलाई पक्राउ गरेका थिए । अहिले उनलाई प्रहरी परिसर काठमाडौं भद्रकालीमा राखिएको बताइएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको कुरा आफूले पनि सुनेको बताउँदै यसबारे विस्तृत बुझ्ने प्रयास भइरहेको बताइन् ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता