ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
याेङ्ग कम्युनिस्ट लिंग नेपाल सल्यानकाे चाैथाे जिल्ला सम्मेलनबाट अध्यक्षमा खडक  खड्का निर्वाचित

याेङ्ग कम्युनिस्ट लिंग नेपाल सल्यानकाे चाैथाे जिल्ला सम्मेलनबाट अध्यक्षमा खडक खड्का निर्वाचित

वैशाख १५, सल्यान।
नेकपा माओवादी केन्द्रको सहायक संगठन याेङ्ग कम्युनिस्ट लिग (YCL) सल्यानको चौथो सम्मेलन बाट अध्ययक्षमा खडक खड्का निर्वाचित हुनुभएको छ।

सल्यान जिल्लाकाे श्रीनगरमा  सम्पन्न याेङ्ग कम्युनिस्ट लिग (YCL) सल्यानको चौथो सम्मेलन बाट अध्ययक्षमा खडक खड्का  सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे।

विज्ञापन

सम्मेलनले खड्क खड्काकाे नेतृत्वमा ७१ सदस्यीय नयाँ समिति सबै पालिकाबाट एक/एक जना पदाधिकारी समावेश गर्दै सहमतिका आधारमा गठन गरिएको निर्वाचन समिति संयोजक थल राज भण्डारीले जानकारी दिनुभयाे।

जसकाे उपाध्यक्षहरूमा राकेश जैशी, दीपक बुढाथोकी, प्रकाश कवर र तुलाराम पुन निर्वाचित हुनुभएको छ।

सचिवमा भुपेन्द्र खड्का चयन हुनुभएको छ भने सहसचिवहरूमा भोला विक, दिलमाया भण्डारी, नवीन वली र प्रकाश बुढाथोकी निर्वाचित  हुनुभएको छ।

संगठनको कोषाध्यक्ष पहिलो बैठकले चयन गर्नेछ ।
सम्मेलन पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री टेकबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।

कार्यक्रममा केन्द्रीय सदस्य रमेश मल्ल, संगठनका केन्द्रीय महासचिव गणेश शाही, पार्टीका केन्द्रीय सदस्यहरू कृति बहादुर पुन र भीम प्रकाश शर्माको विशिष्ट आतिथ्यता रहेको थियो।
उहाँहरुले सम्मेलनमा सहभागीहरूलाई प्रशिक्षण दिनुका साथै सफलताको शुभकामना व्यक्त गर्नुभयाे।

सम्मेलनमा पार्टीका जिल्ला संयोजक मानबहादुर मल्ल, संगठनका केन्द्रीय सचिव हरि ढकाल र शैलेश शर्मा, नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष राजेन्द्र भण्डारी, अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष गणेश वली र नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतलगायतले पनि शुभकामना मन्तव्य दिनुभएको थियोे ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता