जनयुद्धका महान सहिद डम्बर बिक (क. समय) काे २३ ओै स्मृति सभा सम्पन्न

जनयुद्धका महान सहिद डम्बर बिक (क. समय) काे २३ ओै स्मृति सभा सम्पन्न

चैत २९ झिम्पे

जनयुद्धका महान सहिद डम्बर बिक (क.समय) काे २३ ओै स्मृति सभा उहाँकै निवासमा सम्पन्न भएको छ।

विज्ञापन

हाम्रो महान तथा गाैरपशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) छत्रेश्वरी गाउँ समिति वडा नं ४ काे आयोजना जनयुद्धका महान सहिद डम्बर बिक( क. समय) काे २३ ओै स्मृति सभा कार्यक्रम उहाँक‌ै निवास साविकको झिम्पे ७ हाल छत्रेश्वरी गाउँपालिका वडा ४ काे किमबाेटमा सम्पन्न भएको हाे।

 

१० बर्षे महान जनयुद्धकाे क्रममा उच्च वलिदान गर्ने सल्यान जिल्ला महान सहिद परिवार,बेपत्ता याेद्धा परिवार,घाइते अपांगता याेद्धाहरुमा पार्टीकाे अन्तरघुलन तथा जनता संग माओवादी केन्द्र अभियान अन्तर्गत महान सहिद परिवार संग पार्टीका नेता कार्यकर्ताहरुले भेटघाट कार्यक्रमआयोजना गर्ने र महान सहिद परिवारजनमा उच्च सम्मान प्रकट गर्न आयोजना गरिएको सहिद स्मृति सभा कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश समिति सदस्य तथा सल्यान जिल्ला संयाेजक मान बहादुर मल्लले समाजमा जातीय असमानता,वर्गीय असमानता,लैङ्गिक असमानताकाे निरंकुशताकाे पर्खाल भत्काउदै सर्वहारा वर्गीय उत्पीडनकाे बादशाहकाे सिंहसान ढलाउन उच्च बलिदान गर्ने महान सहिदहरुकाे महत्त्वपूर्ण भूमिका रहेको जिकिर गर्दै सहिदहरुकाे उच्च बलिदानबाट मात्रै संघीय लाेकतान्त्रिक गणतन्त्र ,संघीयता,धर्मनिरपेक्षता,समानुपातिक समावेशीकरण, प्राप्त भएको बताउनुभयो ।

दस बर्षे महान जनयुद्धका क्रम्मा २०५८ साल चैत्र२९ गते दाङ्ग जिल्लाकाे सतवरियामा रहेकाे सशस्त्र प्रहरीकाे बेशक्याम्प आक्रमणको क्रममा जनमुक्ति सेना नेपालका कमान्डर डम्बर बिक ( क. समय) काे उच्च वलिदान भएको आज २३ ओै बर्ष भयो हामी पुनः सहिद परिवार संग उहाँको सपना पूरा गर्ने र उहाँको बलिदान प्रति माओवादी पार्टी र नेताहरु कहिले पनि अविचलित नभई निरन्तर क्रान्तिमा लाग्ने प्रतिबद्धता गर्ने दिन भएकोले सहिद परिवार संग भेटघाट तथा अभिनन्दन गर्न सबै सहिद परिवार सम्म पुग्ने सयाेजक मल्लले बताउनुभयो ।

अहिले एकात्मक निरंकुशताकाे भ्रुणहरु फेरि सलबलाउन लागेका छन । यसमा महान सहिदहरुकाे उच्च बलिदान बाट प्राप्त भएको संघिय लाेकतान्त्रिक गणतन्त्र लाई थप मजबुत बनाउन महान सहिद परिवारकाे महत्त्वपूर्ण भूमिका हुनेमा विश्वस्त भएको बताउदै अब समाजवादी क्रान्तिका लागि अगाडि बढ्न आग्रह गर्नुभयो ।

२३ ओै स्मृति सभा कार्यक्रममा माओवादी केन्द्र कर्णाली प्रदेश सचिवालय सदस्य तथा छत्रेश्वरी गाउँ समिति ईन्चार्ज प्रेम बहादुर खडका( क. प्रभात) प्रदेश समिती सदस्य तथा छत्रेश्वरी गाउँ समिति सह- ईन्चार्ज विष्णु वहादुर थापा( क. झलक) नेकपा( माओवादी केन्द्र) छत्रेश्वरी गाउँ समिति अध्यक्ष हिमाल यात्री काेषाध्यक्ष गिताञ्जली भण्डारी जिल्ला समिती सदस्य हिमाल केसी गाउँ समिती सदस्य पारस वली,तेज वहादुर केसि,माेहन विक,दल वहादुर नेपाली सहिद डम्वर विकका बुवा ईन्द्र वहादुर बिक,दाजु केशर विक,शहिदका एकमात्र पुत्र अम्बर बिक काे उपस्थिति रहेको स्मृति सभा कार्यक्रमकाे अध्यक्षता नेकपा( माओवादी केन्द्र) छत्रेस्वरी वडा न. ४ का उपाध्यक्ष चुडामणी शर्मा( क. आक्राेस) ले गर्नुभएको कार्यक्रमकाे सञ्चालन वडा सचिव भुपेन्द्र खडकाले गर्नुभएको थियोे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता