एकीकृत समाजवादी सल्यान जिल्लाको अध्यक्षमा रमेश गौतम
चैत २१ सल्यान
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सल्यान जिल्लाको नवौ जिल्ला अधिवेशनबाट रमेश गौतम अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको छ।
हिजो देखि एकीकृत समाजवादी सल्यान जिल्लाको सदरमुकाममा सञ्चालन भएको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा रमेश गौतम सर्वसम्मत निर्वाचित हुनुभएको हो।
नवौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा टेक बहादुर वली र कल्पना सेजवाल सचिवमा प्रेम बहादुर डाँगी उप सचिवमा मनबीर बस्नेत जीत प्रशाद आचार्य र गोविन्द डाँगी सर्वसम्मत पदाधिकारीमा निवार्चित हुनुभएको हो।
अधिवेशनमा नेकपा एकीकृत समाजवादीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले बिचार मिल्ने कम्युनिस्टसंग पार्टी एकता हुने बताउनुभएको छ । ब्यक्तिवादी सोच र बिचार हाबी हुदा नेकपा एमाले फूटेको बताउदै उहाँले ब्यक्तिगत लाभ र सोचलाई त्याग गरेर बिचार र निष्ठा बोकेर हिड्ने पार्टीसंग मात्रै एकता हुने बताउनुभएको हो ।
नेकपा एकीकृत समाजवादी सल्यानको नवौं जिल्ला अधिबेशनको बुधबार जिल्लाको सदरमुकाम खलंगामा उद्घाटन गर्दै उहाँले भन्नुभयो जनताले मत दिएर दुइतिहाइको सरकार बनाएकै हो, केपि वलीले एकल निर्णय लाद्न खोज्दा कम्युनिस्टहरु एकता टिक्न सकेन, केपिकै अहमताका कारण एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेको हो । उहाँले जनताको बिस्वास लिएर समाजवादको आधार स्तम्भ तयार पारिने बताउनुभयो । पुर्वमन्त्री समेत रहनु भएका पाण्डेले बिकास र समृद्धिको संकल्प पुरा गर्नको लागी सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

यस्तै पार्टीका केन्द्रिय उपाध्यक्ष तथा प्रचार बिभाग प्रमुख प्रकाश ज्वालाले प्रतिगमन र पार्टी भित्रको मनपरीतन्त्रका विरुद्धमा पार्टी भित्रको बिद्रोहको जग कर्णालीबाट सुरु भएकोले त्यसयता पार्टीले नयाँ गति नयाँ गन्तव्य सुरु गरेको बताउनुभयो । हामी समयको माग अनुसार अघि बढेका छौ, जनताको हितमा काम गरेर अघि बढि रहेका छौ, सुशासन र पारदर्शितालाई मुख्य केन्द्रमा राखेर हामीले काम गरिरहेका छौ, उहाँले भन्नुभयो जनताका मुद्दामा हामी प्रतिवद्व भएर लाग्छौ । यो राजतन्त्र वा सामान्तीको युग नभएको भन्दै उहाँले चिहानमा पुगेको राजतन्त्र फर्केर कहिल्यै नआउने बताउनुभयो ४५० प्रतिनिधि सहभागी भएको जिल्ला अधिबेशनले ६७ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ।
#एकीकृत समाजवादी सल्यान जिल्लाको अध्यक्षमा रमेश गौतमसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा