सहिद डिल्ली केसी (सुन्दर)को २१औ स्मृति सभा कार्यक्रम सम्पन्न
चैत २१ सल्यान
सहिद डिल्ली केसीको २१ औ स्मृति सभा कार्यक्रम सहिद छत्रेश्वरी ४को ठुलीखर्कमा सम्पन्न भएको छ ।
माओवादी केन्द्र छत्रेश्वरी गाउँसमिति वडा नं ४ को आयोजनामा सहिद डिल्ली केसीको २१ औ स्मृति सभा कार्यक्रम उहाँकै घरमा सम्पन्न भएको हो।
पछिल्लो समयमा सहिद वेपत्ता तथा घाईते अपांगता योद्धाहरु प्रति पार्टीले विर्सेको अनुभूति भएको तथा जनता र पार्टीका नेताहरुको सम्बन्धको दुरी बढेको अनुभूति भएको समयमा जनता संग माओवादी केन्द्र रुपान्तरण अभियान सगै सहिदहरुको उच्च बलिदानलाइ सम्मान तथा परिवारजनमा उच्च मनोबल दिन सहिद स्मृति कार्यक्रम आयोजना गरिको आयोजकले जनाएको छ।
१० बर्षिय महान जनयुद्धको महत्वपुर्ण जिम्मेवारी पुरा गर्दै जनमुक्ती सेना नेपालको जिम्मेवारीमा रहनुभएको केसी को २०६१ साल चैत २१ गते म्याग्दी सदरमुकाम आक्रमणको क्रममा उच्च साहदत प्राप्त गर्नुभएको थियो।

स्मृति सभा कार्यक्रम्मा नेकपा( माओवादी केन्द्र) कर्णाली प्रदेश समिती सचिवालय सदस्य तथा छत्रेश्वरी गाउँसमिति ईन्चार्ज प्रेम वहादुर खडका जिल्ला समिती सदस्य तथा गाउँसमिति अध्यक्ष हिमाल यात्री गाउँसमिति कोषाध्यक्ष गिताञ्जली भण्डारी गाउँ समिती सदस्य हिमाल केसी तेज वहादुर केसीको विशेष उपस्थिती रहेको थियो
#हिद डिल्ली केसी सुन्दरको २१औ स्मृति सभा कार्यक्रम सम्पन्नसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा