जनकल्याण क्याम्पस सल्यानको स्ववियु सभापतिमा गणेश वली  विजयी

जनकल्याण क्याम्पस सल्यानको स्ववियु सभापतिमा गणेश वली  विजयी

चैत्र ५ सल्यान

जनकल्याण क्याम्पस थारकमारे सल्यानको स्ववियु सभापतिमा  गणेश वली विजयी भएका छन।

स्वतन्त्र बिद्यार्थी युनियनको आज सम्पन्न निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल र अनौपचारिक रूपमा तीन दल निकट भातृ सङ्गठनहरूलाई पराजित गर्दै अखिल क्रान्तिकारी)का  वली सभापतिमा भारी मतान्तरले विजयी भएका हुन।

सभापतिमा अखिल क्रान्तीकारीले एकल रुपमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल र अनौपचारिक रूपमा तीन दल निकट भ्रातृ सङ्गठन संग प्रतिष्पर्धा गरेको थियो।

राजनैतिक नेतृत्वको दवावमा रहेको जनकल्याण क्याम्पसमा अखलिलाइ जित हार पार्न मुस्किल थिएन किनकी यस अघि पनि अखिल क्रान्तिकारीले नेतृत्व  गरेको यस क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल र अनौपचारिक रूपमा तीन दल निकट भ्रातृ सङ्गठनहरू जित्ने दवावमा थिए।

तर पनि तिन संठगनको नेतृत्व गरेका नेविसंघका उम्मेदवार फलेन्द्र पुरीलाइ मतगणना देखि दवावमा राखेका वलीले भारी मतले पराजित गरे सगै अखिलले जनकल्याण क्याम्पसमा ह्याट्रिक गरेको छ।

अखिल क्रान्तिकारी सल्यान जिल्लाका अध्यक्ष समेत रहेका गणेश वली राजनैतिक खेलाडीका रुपमा अग्रसरता लिदै आएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता