ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
दोस्रो पटक विश्वासको मत दिएको एमाले ९ दिन पछि कर्णाली प्रदेश सरकारबाट बाहिरियो

दोस्रो पटक विश्वासको मत दिएको एमाले ९ दिन पछि कर्णाली प्रदेश सरकारबाट बाहिरियो

चैत्र २६ सुर्खेत

गत  चैत्र १७ गते   दोस्रो पटक कर्णाली प्रदेश सरकारलाई  विश्वासको मत दिएको एमाले ९ दिन पछि  सरकारबाट बाहिरिएको छ ।

विज्ञापन

कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले  मुख्य मन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाए सँगै  एमाले सरकारबाट औपचारिक रूपमा  बाहिरिएको हो।

एमालेबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, सामाजिक विकास मन्त्री टेक राज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीत बहादुर मल्लले मुख्य मन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् ।

केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।

गत १७ चैत्रमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको काँग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको ९ दिन पछि  नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता