राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको अध्यक्षतमा रिजाल

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको अध्यक्षतमा रिजाल

सुर्खेत, चैत २६ गते ।

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको अध्यक्षतमा  तारा  रिजाल निर्वाचित हुनुभएको छ।

जनताको स्वास्थ्य सुरक्षा,हाम्रो प्रतिवद्वता,सम्पूर्ण प्रगतिशिल स्वास्थ्यकर्मीको एक्यवद्धता “ नाराका साथ सम्पन्न् कणाली प्रदेश प्रथम अधिवेशनबाट रिजाल अध्यक्षमा निर्वाचित हुनुभएको हो। रिजालको अध्यक्षतामा ३३ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको  अधिबेशनबाट उपाध्यक्षमादुगां प्रशाद आचार्य, ऋषिराम केसी , जय बहादुर थापा, अमृत प्रशाद न्योपाने रहनु भएको छ ।यस्तै सचिव भरत बहादुर राना,सह सचिव  रामलाल देवकोटा ,कोषाअध्यक्ष लक्ष्मी सिंह र सह कोषाध्यक्ष हरिनी नेपाली रहनु भएको छ ।

सदस्यमा रूतु सोनी , सुमन बस्नेत,थलराज डि.सी., वीर वहादुर डागी , लक्षमण कुमार वली ,ठगेन्द धती, शेर बहादुर बस्नेत, अभिभरा शाही , हेमन्त रावल,निलम सज्याल,कण प्रशाद बराल, पंखराज सज्याल, विरेन्द शाहि , रेनुका चलाउने ,प्रयागराज जैसी,चन्द् सुनार,तुलसि शाहि,वेद प्रशाद सज्याल,सन्देश चन्द ,लक्ष्मी रावल ,जीवन पुन,हिरा पुन ,,निलम सज्याल सर्वसम्मत चयनु हुनु भएको हो ।

अधिबेशनलाइ सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इञ्चार्ज कालिबहादुर मल्लले देश माओवादीको एजेण्डामा अघि वढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो माओवादी नेतृत्वमा प्राप्त राजनैतिक उपलब्धीलाई संस्थागत गर्नु पर्ने दायित्व छ ।अहिले देश माओवादी आन्दोलनवाट प्राप्त उपलब्ध राजनैतिक एजेण्डाकार्यान्वयनमा छ ।

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको प्रथम अधिवेशनलाई उद्घाटन गर्दे मल्ले राज्यका विभिन्न निकायमा रहेका कर्मचारीले राजनैतिक चेतना हुुन जरुरी भएपनि जनतालाई छिटोछरितो , भरपर्दो र गुणस्तरीय सेवालाई पहिलो प ाथमिकतामा राखेर काम गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले देशमा संघीयता आएको भएपनि वित्तीय र प्रशासनिक क्षेत्रमा संघीयता आउन नसकेको बताउनुभयो ।

उहाले भन्न्ुभयो अहिलेपनि कर्मचारी तथा वैंक र वित्तीय संस्थामा केन्द्रले केन्द्रिकृत मानसिकता लादिरहेको अवस्था छ । ‘अहिलेसम्म राजनैतिक संघीयता आएको छ । राजनैतिक संघियतालाई अब बित्तीय र प्रशासनिक रुपमा कार्यान्वयन गर्नु आबस्यक छ ।’

शर्माले भन्नु भयो ‘कर्मचारीले आफ्नो सेवा सुबिधा अनुसार र जिम्मेवार अनुसार जनतालाई प्रवाह गर्ने सेवालाई छिटोछरितो, गुणस्तरीय र प्रभाबकारी बनाउन लाग्नुपर्छ ।’ उनले सरुवा, बढुवा मात्र नभई जनताको सेवाका लागि संघसंगठनलाई परिचालन गर्नुपर्ने आवश्यकता रहेको समेत जोड दिनुभयो ।

कार्यक्रममा नेकमा माओवादी केन्द कणाली प्रदेश अध्यक्ष बिमला केसी , माओवादीका यूवा नेता रामदिप आचार्य,संगठनका केन्द्रीय अध्यक्ष लिलाराम थापा लगातयतले शुभकामना मन्तब्य राख्नु भएको थियो । प्रथम अधिवेशनले तारा प्रशाद रिजालको अध्यक्षतामा ३३ जना प्रदेश काय समिति सवसहमती रूपमा निर्वाचित गरिएको छ ।

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता