सल्यानमा सहिद परिवार  समाज र घाइते अपाङ्गता  याेद्धा संघकाे सयुक्त भेला सम्पन्न

सल्यानमा सहिद परिवार समाज र घाइते अपाङ्गता याेद्धा संघकाे सयुक्त भेला सम्पन्न

माघ २ सल्यान

सल्यानकाे कमाख गाउपालिका केन्द्र रागेचाैरमा सहिद परिवार समाज र घाइते अपाङ्गता याेद्धा संघकाे सयुक्त भेला सम्पन्न भएकाे छ।

विज्ञापन

राज्यले महान जनयुद्धकाे  क्रममा  सहिद  भएका  सहिद परिवार  घाइते अपाङ्गता याेद्धालाइ व्यवस्थापन गर्न नसेकाे अवस्थामा दवाव दिन संघले  पालिका स्तरका समिति गठन गर्न भेला आयाेजना गरिएकाे बताइएकाे छ।

माओबादी केन्द्रका पाेलिटब्युराे सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज टेक बहादुर बस्नेतकाे बिशेष उपस्थिती रहेकाे भेलाले सहिद परिवार समाज कुमाख र घाइते अपाङ्गता याेद्धा संघ कुमाख  समिती गठन गरेकाे छ।

सहिद परिवार समाज काे अध्यक्षमा लिलाधर रेग्मी रहेका छन भने घाइते अपाङ्गता  योद्धा संघकाे अध्यक्षमा गगने  राना सर्वसम्मत चयन भएका छन।

भेलाका प्रमुख अतिथी टेक बहादुर बस्नेतले  क्रान्तीकाे दियाे लाइ सधै राष्ट्र र जनतामा समर्पित गर्ने महान सहिद परिवार तथा घाइते अपाङ्गता याेद्धालाइ संघ तथा प्रदेश सरकारले  ब्यबस्थापन गर्न राजगार तथा रातमुखि कार्यक्रम ल्याएता  पनि पुर्ण कार्यान्वयनमा केही चुनाैती भएका बताए।

उनले भने कर्णाली प्रदेश सरकारले सहिद परिवार तथा अपाङ्गता भएका याेद्धा तथा परिवारकाे ब्यबस्थापन गर्न लगत संकलन गरी रहेकाे र स्थानिय सरकार सम्म उक्त मुल्याङ्कन फारम आइसकेकाले यथासिघ्र फर्म भर्न सुझाएका थिए।

नेता बस्नेतले  अहिले माओबादी नेतृत्वमा सरकार बनेकाले यस बिषयमा पार्टी तथा सरकारमा गम्भीर बिषयमा कुरा उठाउने बताए।

भेलामा माओबादी केन्द्रका केन्द्रिय सदस्य दिलमाया बुढामगर हरिप्रकास बुढाथाेकी  कर्ण बहादुर बिक  सहित करिव  १ सय जनाकाे उपस्थिती भएकाेे बताइएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता