जनमतकाे परीक्षा पास गरेका उम्मेदवारका लागिअव  अग्नी परीक्षा सुरु भयाे ज्वाला

जनमतकाे परीक्षा पास गरेका उम्मेदवारका लागिअव अग्नी परीक्षा सुरु भयाे ज्वाला

मंसिर १०, सल्यान

नव निर्वाचित सांसदहरूलाई प्रमाण पत्र वितरण कार्यक्रममा  संघिय सांसद  प्रकास ज्वालाले जनमतकाे परिक्षावाट पास भएका हरुकाे अग्नी परिक्षा सुरुभएकाे वताएका छन।

विज्ञापन

ज्वालाले निर्वाचनको समयमा असम्भव कुरा गर्ने निर्वाचन पछि बिर्सने आफूबाट नहुने दाबि गरेका  हुन ।

विजयी भएपछि शनिबार प्रमाणपत्र ग्रहण कार्यक्रमा सम्बोधनका क्रममा ज्वालाले आफुहरुले चुनावी अभियानका क्रममा आफुले आश्वासन मात्रै देखाउने खालका कुनैपनि महत्वाकाक्षी कुरा नगरेको भन्दै जे कुरा गरेको हो त्यो पुरा गर्ने प्रतिबद्धता दाेहाेर्याएका छन।

राजनीतिक रुपमा पार्टीप्रति प्रतिवद्ध भएपनि पार्टीगत पुर्वाग्रह नराखेर जनताका काम गर्ने भन्दै निर्वाचनमा जित हार स्वभाविक भएकाले आगामी दिनमा सबै राजनीतिक दलको सहकार्यमा काम गर्ने बताए । पटक पटक विभिन्न संसदमा उपस्थिति जनाएका कर्णालीका पूर्व आर्थिक मामिला तथा सामान्य प्रशासन मन्त्री समेत भइसकेका ज्वालाले निर्वाचन जित्न जति सजिलो हुन्छ ५ वर्षको अग्नी परिक्षा पुरा गर्न त्यो भन्दा गाह्रो हुने बताए ।

उनले विगतका कमजोरी सच्याएर जनताप्रति समर्पित भएर लाग्ने र जनताको विश्वासलाई डगमगाउन नदिने भन्दै सहयोगी सबैमा धन्यवाद समेत दिएका छन ।

शनिवार  मुख्य निर्वाचन अधिकृतकाे कार्यालय सल्यानले  विजयी उम्मेदवारहरू प्रतिनिधि सभा सदस्य प्रकाश ज्वाला प्रदेश सभा सदस्यहरू  भीम प्रकास शर्मा र शुरेस अधिकारीलाई प्रमाणपत्र  वितरण गरिएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता