सल्यानमा समानुपातिक तर्फकाे अन्तिम मत परिणाम सार्वजनिक एमाले पहिलाे, माओबादी केन्द्र दाेस्राे र काँग्रेस तेस्राे दल
मंसिर १०, सल्यान ।
प्रतिनिधि तथा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत सल्यानमा समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
एक प्रतिनिधि सभा र २ प्रदेश सभा भएको सल्यानमा एमाले दुबै सभा तर्फ पहिलाे दल भएकाे छ।
प्रतिनिधि सभा तर्फ कुल ८४ हजार ७ सय ८९ खसेको मत मध्ये नेकपा एमाले सल्यानले २२ हजार २ सय ५६ मत सहित पहिलो, दोस्रोमा नेकपा माओवादी केन्द्रले २१ हजार ३ सय २५, नेपाली काङ्ग्रेसले १९ हजार ९ सय ६६, एकीकृत समाजबादी पार्टीले ५ हजार ९ सय ७० मत सहित चौथो , ४ हजार ५ सय २२ मत प्राप्तगरि राष्ट्रिय स्वतन्त्र पार्टी पाँचौं र राप्रपाले २ हजार ३ सय ८ मत प्राप्त गरि छैठौं स्थानमा छ्न ।
कुल ८४ हजार ७ सय ८९ खसेको मत मध्ये सदर मत ७८ हजार ५ सय ७४ र बदर मत ६ हजार २ सय १५ रहेको थियो ।
त्यस्तै प्रदेश सभा तर्फ जम्मा ८२ हजार ९ सय ९८ खसेको मत गणना गर्दा नेकपा एमाले सल्यानले २२ हजार ३ सय १९ मत सहित पहिलो भएको हो । दोस्रो स्थानमा नेकपा माओवादी केन्द्र २१ हजार २ सय ३१ मत प्राप्त गरेको छ । १८ हजार ६ सय ४८ मत सहित नेपाली काङ्ग्रेस तेस्रो स्थानमा, एकीकृत समाजवादी ८ हजार ४ सय २९ मत प्राप्त गरि चौथो र ३ हजार ४ सय ४ मत सहित पाचौं स्थानमा राप्रपा छ ।
प्रदेश सभा तर्फ खसेको कुल मत ८२ हजार ९ सय ९८ मध्ये सदर मत ७६ हजार ७ सय ६७ र बदर मत ६ हजार २ सय ३१ रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय सल्यानले बताएकाे छ। ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा