कर्णालीका पूर्व मुख्य मन्त्री प्रतिनिधि सभा र मुख्य मन्त्री जीवन बहादुर शाही प्रदेश सभामा निर्वाचित

कर्णालीका पूर्व मुख्य मन्त्री प्रतिनिधि सभा र मुख्य मन्त्री जीवन बहादुर शाही प्रदेश सभामा निर्वाचित

मंसिर ९ सल्यान

कर्णाली प्रदेश का संस्थापक पूर्व मुख्य मन्त्री महेन्द्र बहादुर शाही कालीकाेट बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन।

विज्ञापन

शाहीले  एमालेका उम्मेदवार नगीन्द्र शाहीलाइ ८ हजार काे फराकिलाे मतान्तरले  पराजित गर्दै विजयी भएका हुन।

मन्त्री शाहीले २३ हजार ७ सय २७ मत प्राप्त गरी बिजयी भएका थिए भने उनका निकटम प्रतिद्धन्दी एमालेका नगीन्द्र शाहीले १ १६ हजार ७ सय १८ मत प्राप्त गरेका थिए।

गठबन्धनका साझा उम्मेदवारका रुपमा निर्वाचित शाही माओबादी केन्द्रका पाेलिट ब्युराे सदस्य हुन।

साथै कर्णाली प्रदेशका बहाल मुख्य मन्त्री जीवन बहादुर शाही हुम्लाबाट प्रदेश सदस्यमा निर्वाचित भएका छन। मन्त्री शाहीले एमालेका उम्मेदवार छक्क बहादुर लामालाइ पराजित गर्दै विजयी भएका हुन। मन्त्री शाहीले झण्डै ५ हजार मतान्तरले  लामालाइ पराजित  गरेका छन।

२०७४ सालकाे  प्रतिनिधी सभा सदस्य मा निर्वाचित लामा यस पटक प्रदेश सभा सदस्य राेज्दा पराजय भाेगेका छन।

मन्त्री शाहीले ७ हजार ५६ मत प्राप्त गर्दा  लामाले २ हजार ९ सय ७८ मत प्राप्त गरेका थिए।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता