रुकुम पश्चिमबाट माओबादी केन्द्रकाे सानदार जित प्रतिनिधी सभामा नेता जनार्दन शर्मा विजयी

रुकुम पश्चिमबाट माओबादी केन्द्रकाे सानदार जित प्रतिनिधी सभामा नेता जनार्दन शर्मा विजयी

मंसिर ९ रुकुम पश्चिम

रुकुम पश्चिममा माओबादी केन्द्रकाे सानदार विजयी भएकाे छ।

विज्ञापन

माओबादी केन्द्रका  नेता जनार्दन शर्मा प्रतिनिधि सभामा निर्वाचित भएका छन भने  प्रदेश क मा महेन्द्र केसी र प्रदेश ख मा  राजकुमार शर्मा विजयी भएका हुन।

प्रतिनिधी सभामा नेता जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत प्राप्त गर्दै विजयी भएका हुन। उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार नन्द राम देवकाटाले १२ हजार ९ सय ६१ मत प्राप्त गर्दै झण्डै २७ हजारकाे फराकिलो मतान्तरले पराजित भएका छन।

माओबादीकाे आधार क्षेत्रकाे रूपमा रहेकाे रुकुम पश्चिममा प्रदेश क र प्रदेश खमा मा‌ओबादी केन्द्रका उम्मेदवार महेन्द्र के.सी र राजकुमार शर्माले एमालेका उम्मेदवार नारायण  कुमार शाह र कर्ण बहादुर घर्तीलाई पराजित गर्दै विजयी भएका हुन।

प्रदेश क मा महेन्द्र के.सीले १९ हजार ३३ मत प्राप्त गर्दा शाहले ८हजार ८१ मत प्राप्त गरेका थिए। त्यस्तै प्रदेश सभा ख मा राज कुमार शर्माले २० हजार १ सय ६० मत प्राप्त  गर्दा  घर्तीले ८ हजार ७८ मत प्राप्त गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता