एमाले महासचिव शंकर पोखरेललाई १सय ९६ मतले पछाडि पार्दै माओवादी नेतृ रेखा शर्मा विजयी

एमाले महासचिव शंकर पोखरेललाई १सय ९६ मतले पछाडि पार्दै माओवादी नेतृ रेखा शर्मा विजयी

मंसिर ८ दाङ

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी छिन् ।

विज्ञापन

सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता रेखा शर्मा १ सय ९६  मतान्तरले विजयी भएकी हुन् ।

शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे ।

आधार इलाकाकाे शान जाेगाउन सफल माओबादी नेतृ  रेखा शर्माकाे विजयकाे दिनलाइ महत्व रुपमा हेरिएकाे छ।

हेवी वेट भनिएकाे बिपक्षी नेतालाई हराएर ऐतिहासिक जीत कायम  गर्दा आजकाे दिन दाेस्रो ऐतिहासिक दिनकाे रुपमा माओबादीकाे राताे झण्डा फरफराएकाे छ।
आजैका दिन  २०५८ मंसिर ८    मा  माओवादीले बुलेटबाट दाङ कब्जा गरेको थियो ।

को हुन् रेखा शर्मा ?

२०२६ सालमा दाङमा जन्मिएकी रेखा शर्माले २०४२ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गरेकी हुन् ।

त्यस्तै २०५१ सालमा योङ्ग कम्युनिस्ट लिगको केन्द्रीय सदस्य भएकी थिइन् । त्यस्तै उनी २०५७ सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय सदस्य भइन् ।

२०५३ सालदेखि ०५८ सम्म उनी अनेमसंघ क्रान्तिकारीको अध्यक्षको जिम्मेवारीमा रहिन् । एमाले र माओवादीको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यमा समेत रहिन् उनी । त्यस्तै गत वर्ष सम्पन्न माओवादी महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य बनिन् ।

शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो । उनी २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् ।

२०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म उनी सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहिन् । उनी सशस्त्र द्वन्द्वको समयमा २०५८ साल चैतदेखि २०५९ चैतसम्म एक वर्ष सैनिक हिरासतमा समेत परेकी थिइन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता