माओबादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट गर्याे विजयी सुरुवात

माओबादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट गर्याे विजयी सुरुवात

मंसिर ७ सिन्धुली

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ ।

विज्ञापन

१५ ठाउँमा अग्रता  लिएकाे  माओबादी केन्द्रले  सिन्धुलीबाट १ प्रतिनिधी सभा सदस्य निर्वाचित गर्दै विजय सुरुवात गरेकाे छ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका  लेखनाथ दाहाल ‘राजन’  माओबादी केन्द्रकाे तर्फवाट पहिलाे निर्वाचित प्रतिनिधी सभा सदस्य बनेका छन।

दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी  भएका हुन। उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३, राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याएका छन्।

दुइवटा प्रतिनिधी सभा रहेकाे सिन्धुुलीमा  निर्वाचन क्षेत्र नं १मा गठबन्धनका उम्मेदवार श्याम कुमार घिमिरेले अग्रता कायम गरेका छन।

४ वटा प्रदेश सभा भएकाे सिन्धुलीमा  प्रदेश सभा २( १ )र २( २) गठबन्धनका उम्मेदवारहरूले विजयी प्राप्त गरेका छन।

गठवन्धनका तर्फवाट माओबादी केन्द्रका उम्मेदवार गंगानारायण श्रेष्ठ र छेत्र बहादुर बम्जन रहेका छन। श्रेष्ठले  १३ हजार  १ मत प्राप्त गर्दा एमालेमा उमेदवार राम कुमार पाैडेलले ९ हजार ७ सय ८९ मत ल्याएका थिए त्यस्तै बम्जनले १६ हजार ८ सय ३५ मत ल्याउदा एमालेका बिनाेद कुमार खड्काले ११ हजार ६ सय ८१ मत ल्याएका छन।

निर्वाचन क्षेत्र नं १ (१ )र  १ (२) मा गठबन्धनका उमेदवारहरु मातृका प्रसाद भट्टराइ र राम कुमार पहाडीले अग्रता कायम गरेका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता