राेल्पा प्रदेश  सभा १ (क) वाट  माओबादी केन्द्रका उम्मेदवार जाेखबहादुर महरा विजयी

राेल्पा प्रदेश सभा १ (क) वाट माओबादी केन्द्रका उम्मेदवार जाेखबहादुर महरा विजयी

मंसिर ७ राेल्पा

राेल्पामा प्रदेश  सभा १ क वाट  गठबन्धनका  साझा उम्मेदवार जाेख बहादुर महरा विजयी भएका छन।

विज्ञापन

एक प्रतिनधी  सभा   र २ प्रदेश सभा  भएकाे राेल्पामा गठबन्धनका उम्मेदवार जाेख बहादुर महराले १९ हजार ४ सय २५ मत प्राप्त गरी विजयी भएका हुन।

प्रतिद्धन्दी दल नेकपा एमालेका उमेदवार कमल बहादुर बुढाथाेकीलाइ १४ हजार फराकिलाे मतअन्तरले  पारिजित  गरेका छन।

महराले   १९ हजार ४ सय २५ मत प्राप्त गर्दा  बुढाथाेकीले  ५ हजार ४ सय ५ मत प्राप्त गरेका छन।

माओबादीकाे आधारक्षेत्रकाे रुपमा हेरिएकाे राेल्पामा प्रतिनिधी सभामा नेता बर्षमान पुनले फराकिलाे मत अन्तरले अग्रता कायम गरेका छन

नेता पुनले २० हजार ४ सय ७५ मत प्राप्त गर्दा  एमालेका पुर्ण बहादुर बुढा मगरले ८ हजार २ सय ३९ मत प्राप्त गरेका छन।

उता प्रदेश सभा २ क मा भने गठबन्धका उम्मेदवार अमर सिहँ पुन  लाइ सकस देखिएकाे छ। पुर्व जनमुक्ती सेनाका कमाण्डर जितेन्द्र कुुमार पुनले गठबन्धनका उम्मेदवारलाइ पछि पारेका छन।

स्वतन्त्र उम्मेदवार रहेका  पुनले ११ हजार ८ सय ६६ मत प्राप्त गर्दा अमर सिहँ पुनले ८ हजार ४ सय ८९ मत प्राप्त गरेका छन।

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता