प्रतिनिधिसभामा नेपाली कांग्रेसले खाता खोल्यो

प्रतिनिधिसभामा नेपाली कांग्रेसले खाता खोल्यो

मंसिर ५ काठमाडाै

प्रतिनिधिसभामा नेपाली कांग्रेसले खाता खोलेको छ ।

विज्ञापन

मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९२० मतले पछि पार्दै विजयी भएका हुन ।

कांग्रेसका थकालीले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ०७८ मत प्राप्त गरेका छन् ।

मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्देश गुरुङले ८९ मतमात्र प्राप्त गरेका छन् । मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता