संघमा बस्नेत र मल्ल प्रदेश सभा (क) मा शर्मा र प्रदेश (ख) मा केसीकाे नाम एकल सिफारिस

संघमा बस्नेत र मल्ल प्रदेश सभा (क) मा शर्मा र प्रदेश (ख) मा केसीकाे नाम एकल सिफारिस

भाद्र २३, सल्यान । 

नेकपा माओवादी केन्द्र सल्यानले मंसिर ४ गते हुने चुनावका लागि उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । 
संघीय संसदका लागि टेक बहादुर बस्नेत र रमेश मल्ल २ नेताको नाम सिफारिस गरेको माओवादीले प्रदेश संसदका लागि एकएक जनाको मात्रै नाम सिफारिस गरेको हो । 

विज्ञापन

पार्टी सचिव निम बहादुर केसीले दिएको जानकारी अनुसार प्रदेश सभा क मा भिम प्रकाश शर्मा र ख मा चित्र बहादुर केसीको नाम एकल रुपमा सिफारिस भएको छ । 
बुधवार जिल्ला समितिको बैठक पश्चात् बसेको कार्यालय बैठकले संघीय समानुपातिक तर्फ कमल विक, दिलमाया बुढामगर गिरी र रत्न बहादुर वलीको नाम सिफारिस गरेको हो। 
त्यस्तै प्रदेश क को समानुपातीकमा कल्पना पुन, टिक बुढाथोकी, तिकल कुमार विक र धर्मे बुढाको नाम सिफारिस गरिएको छ । यता प्रदेश ख मा नविन सिंह भडेल, मन्जु यरी, राधा शर्मा घर्ती, रुद्र बहादुर घर्ती र लक्ष्मी बोहराको नाम सिफारिस गरिएको छ । 
केन्द्रिय अध्यक्षका नाममा पठाइएको सिफारिसमा पार्टी अध्यक्ष कृती बहादुर पुन र सचिव निम बहादुर केसीले हस्ताक्षर गरेका छन । 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता