ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य बिक समानुपातिक उम्मेदवारमा सिफारिस 

नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य बिक समानुपातिक उम्मेदवारमा सिफारिस 

भदाै २१ दाङ

नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य लिला बिक समानुपातिक उम्मेदवारमा सिफारिस भएकी छिन ।

विज्ञापन

दाङ जिल्लाकी महिला राजनीतिक कर्मी तथा दलित आन्दोलनको सक्रिय एमाले लुम्बिनी प्रदेश सदस्य लिला बिक प्रदेश सभा सदस्यको लागि समानुपातिक उम्मेदवारमा सिफारिस भएकी हुन।

लामो समयदेखि नेकपा एमालेको कृयाशिल एबम जुझारु राजनीतिक गर्दै आएकी बिक भूमि अधिकार तथा सीमान्त कृत समुदायका लागि पैरवी गरिरहेकी छिन।

हाल बिक एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य , नेपाल भूमि अधिकार तथा  श्रमिक संगठन को केन्द्रीय सचिव , दलित सेवा संघ दाङ जिल्ला अध्यक्ष को जिम्मेवारी सम्हाल्दै आएकी छिन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता