अनेम संघ ( क्रान्तिकारी ) गुल्मीद्वारा प्रत्यक्ष उम्मेदवारकाे दावी सहित पार्टीमा ध्यानाकर्षण  गर्ने

अनेम संघ ( क्रान्तिकारी ) गुल्मीद्वारा प्रत्यक्ष उम्मेदवारकाे दावी सहित पार्टीमा ध्यानाकर्षण गर्ने

कमला परियार गुल्मी भदाै १९

नेकपा माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) गुल्मीको आईतबार बसेको जिल्ला कमिटी बैठकले गुल्मीका तीन वटा प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचनको उम्मेदवारका दाबि सहित पार्टीमा ध्यानाकर्षण गर्ने भएकाे छ।

विज्ञापन

भोली सोमबार हुने गईरहेको जिल्ला पार्टी बैठकको पूर्व सन्ध्यामा अनेमसंघ क्रान्तिकारी जिल्ला संगठनले महिलाहरुलाई प्रत्यक्ष निर्वाचन लड्न पाउने अधिकार सुनिश्चित गर्न दबाव दिने उदेश्यले बैठकमा आयाेजना गरिएकाे बताइएकाे छ।

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सिर्जना तरामुको प्रमुख आतिथ्यता मा बसेको बैठकले प्रत्यक्ष तर्फ तीन जना महिलालाई प्रदेशमा उमेदवार बनाउने घोषणा समेत गरेको छ ।

दुबै संघिय निर्वाचनमा पनि हामी महिलाहरूको प्रत्यक्ष निर्वाचन मै जाने ईच्छा थियो तर गठबन्धन बन्ने भएका कारण अनिश्चित हुँदा जिल्लाका चार प्रदेश मध्ये ३ वटा प्रदेशमा महिलाहरूलाई प्रत्यक्ष निर्वाचनका लागि उमेदवार बनाउन माग सहित जिल्ला पार्टी संग पेश गर्ने केन्द्रिय सदस्य तरामुले बताइन ।

उक्त बैठकले गरेको निर्णय अनुसार क्षेत्र नम्वर १ को ‘क’ प्रदेश उमेदरमा उनै केन्द्रिय सदस्य सिर्जना तरामुलाई प्रत्यक्ष तर्फको उमेदवारमा सिफारिस गरिएको छ ।

‘ख’ प्रदेशमा प्रदेश सांसद गीता थापालाई प्रत्यक्ष निर्वाचनको उमेदवार बनाउने निर्णय भएको छ ।

क्षेत्र नम्वर २ को ‘क’ प्रदेशमा भने दावी नगरेकाे बताइएकाे छ। प्रदेश ‘ख’मा अनेम संघ क्रान्तिकारीकी निर्वतमान जिल्ला अध्यक्ष विनीता रोका पोखरेललाई प्रत्यक्ष उमेदवार बनाउने निर्णय गरिएको छ ।

त्यस्तै समानुपातिक तर्फ सो संगठनले ५ जना महिलाहरुको नाम सिफारिस गरेको छ । संघ तथा प्रदेश गरि सिफारिस हुनेहरुमा लिला थापा बराल, सुमित्रा क्षेत्री, टोपकला थापा , कविता बिक र सिता सुर्तुङ्गे मगर रहेका छन् ।

यसै बिच निर्वतमान अध्यक्ष विनिता रोका मगर प्रत्यक्ष उमेदवारको दाबी गरे पछि उनको नेतृत्वमा रहेको अनेमसंघ क्रान्तिकारी जिल्ला कमिटी विगठन गरि सिता बिश्वकर्माको अध्यक्षमामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको सो संगठनले जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता