काँग्रेस सल्यानमा दुई गुटकाे किचलाे सतहमा पुग्यो फरक फरक उम्मेरदवार सिफारिस

काँग्रेस सल्यानमा दुई गुटकाे किचलाे सतहमा पुग्यो फरक फरक उम्मेरदवार सिफारिस

भदाै १९, सल्यान ।

काँग्रेस सल्यानमा दुई गुटकाे किचलाे सतहमा पुगेकाे छ। काँग्रेस सल्यानले आज आ आफ्नै गुटका फरक फरक उम्मेदवार सिफारिस गरेकाे छ।

आसन्न मंसिर ४ हुने संघ र प्रदेश सभा निर्वाचनमा दलबाट उम्मेलवार सिफारिस गर्न काँग्रेस सल्यानले क्षेत्र बाट गरिएकाे सिफारिसलाइ बेवास्ता गदै एकल रूपमा आफ्नै गुटका नेतालाई मात्र सिफारिस गरिएकाे छ। काँग्रेस सल्यानमा देखिएकाे गुटकाे विवादले स्थानीय निर्वाचनमा भएकाे किचलाे पुनः दाेहरिएकाे छ।

जिल्ला सभापति केश बहादुर विष्टले छुट्टै उम्मेदवारकाे नाम सिफारिस गरेका छन् भने नेता राजेन्द्र बहादुर शाह, धुर्व पुरी, डिल्लीराज रेग्मीले छुटै उम्मेदवारकाे नाम सिफारिस गरेका छन।

नेता शाह, पुरी र रेग्मी लगायतका मार्फत जिल्ला उपसभापति चक्र देवकाेटाले अर्काे टिमकाे सिफारिस लिएर सुर्खेत गएका छन्

सभापति विष्टकाे नेतृत्वकाे टिमबाट प्रतिनिधि सभाकाे सिफारिसमा प्रत्यक्षतर्फ केश बहादुर विष्टकाे नाम सिफारिस गरेका छन भने समानुपातिकमा गणेश चन्द, महेश मल्ल, महेन्द्र श्रेष्ठ, धुर्ब बहादुर मल्ल, शंकर श्रेष्ठ, कमला अधिकारीलाई सिफारिस गरिएकाे छ ।

प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फ सन्ताेष केसीकाे नाम एकल सिफारिस गरिएकाे छ भने समानुपातिकमा शंकर श्रेष्ठ, बिरबहादुर सेजवाल, महेन्द्र कुमार श्रेष्ठ, कमला अधिकारी, साबित्रा राई, देबिसरा केसि, प्राण कुमार राई, मित्रलाल सार्की, क्षेत्र बहादुर बिकको नाम सिफारिस भएको छ ।

प्रदेश (क) मा प्रत्यक्षतर्फ गोरख केसी, सुरेश चन्द र डिल्ली बुढाथोकीकाे नाम सिफारिस भएकाे छ ।

जिल्ला उपसभापति चक्र देवकाेटाले सिफारिस गरेकाे नाममा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ राजेन्द्र बहादुर शाह र धुर्वराज पुरीकाे नाम छ भने समानुपातिमा नेता डिल्लीराज रेग्मीकाे नाम छ ।

प्रदेश (ख) मा जिल्ला उपसभापति चक्र देवकोटा, क्षेत्रीय सभापति सुरेश अधिकारी र नेता मान बहादुर डाँगीको नाम सिफारिस गरेका छन ।

प्रदेश सभा (क) का लागि पार्टीका प्रदेश सह महामन्त्री एक राज डाँगी, क्षेत्रीय सभापति सुरेश चन्द र नेता नेत्र ओलीको नाम सिफारिस भएकाे छ ।

दुइ गुटले छुट्टाछुट्टै निर्णय गरेर प्रदेश कार्यालय सुर्खेतमा सिफारिस गरेका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता