जाजरकोट प्रदेश सभा (क) समानुपातिक उम्मेदवार तर्फ नेपाली सर्वसम्मत सिफारिस

जाजरकोट प्रदेश सभा (क) समानुपातिक उम्मेदवार तर्फ नेपाली सर्वसम्मत सिफारिस

जाजरकोट भदाै १८।

नेपाली काँग्रेसकी महिला नेत्री हजारी नेपालीलाई जाजरकोट प्रदेश सभा (क) बाट समानुपातिक उम्मेदवार तर्फ सर्वसम्मत सिफारिस गरिएको छ ।

शनिवार बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले कर्णाली सभा सदस्यका लागि समानुपातिक तर्फ नेपालीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।

२०५९ साल देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय नेपाली काँग्रेस भित्रको सक्रिय कार्यकर्ता हुन् ।

यसभन्दा अघि काँग्रेस निकट दलित संघको उपाध्यक्ष, नेपाल प्रजातान्त्रिक महासंघको केन्द्रीय सदस्य एवं जिल्ला सभापति, डि.एन,एफ को केन्द्रीय सदस्य, सयपत्री दलित महिला जागरणको अध्यक्ष भएर काम गरिसकेकी छिन् ।

जिल्लाका हुने घरेलु हिंसा, महिला हिंसा, जातीय विभेद, सामाजिक कुरितिका विरुद्ध निरन्तर आवाज उठाउने नेपाली समाजसेवीका नामले समेत परिचित छन् । उनी समाज सेवी, राजनीतिज्ञ सँगै कलाकारितामा समेत पोख्त छन् ।

उनीले झण्डै आधा दर्जन गीतहरुमा अभिनय गरिसकेकी छन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता