सल्यान प्रदेश सभा ‘ख’ मा नेकपा (एमाले)को तर्फबाट शाह सर्वसम्मत सिफारिस

सल्यान प्रदेश सभा ‘ख’ मा नेकपा (एमाले)को तर्फबाट शाह सर्वसम्मत सिफारिस

भदौ १८, सल्यान ।

आगामी मंंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागी नेकपा (एमाले) निर्वाचन क्षेत्र समन्वय कमिटी ‘ख’ सल्यानले उम्मेदवार सिफारिस गरेको छ ।

विज्ञापन

शनिवार बसेको समन्वय कमिटीको बैठकले सल्यान प्रदेश सभा ‘ख’ मा नेकपा (एमाले)को तर्फ बाट प्रत्यक्ष तर्फ पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह ईञ्चार्ज गुलावजंग शाहलाई एकल उम्मेदवार सिफारिस गरेको हो ।

वैठकले प्रदेश सभा समानुपातिक तर्फ ५ जना नेताहरु क्रमश : कुन्ती बस्नेत, मनोज सिंह, घनश्याम शर्मा, पुमानन्द केसी र धन बहादुर नेपालीलाई सिफारिस गरेको छ ।

भोली बस्ने जिल्ला कमिटी बैठकले संघिय प्रतिनिधि सभा तर्फको उम्मेद्वार सिफारिस गर्ने नेकपा (एमाले) सल्यानका सचिव ओज बहादुर बुढाथोकीले बताए ।

उम्मेदवार सिफारिसको लागी नेकपा (एमाले) निर्वाचन क्षेत्र समन्वय कमिटी ‘क’ को बैठक जारी छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता