माओबादी केन्द्र सल्यानले २२ गते  उम्मेदवार सिफारिस गर्ने

माओबादी केन्द्र सल्यानले २२ गते उम्मेदवार सिफारिस गर्ने

भदाै १८ सल्यान

नेपाल कम्युनिष्ट माओबादी केन्द्र सल्यालनकाे बैठक २२ गते बस्ने भएकाे छ।

विज्ञापन

माओबादी केन्द्र सल्यानले आसन्न २०७९ मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारकाे टेङ्गाे लगाउन बैठक बस्न लागेकाे पार्टी सचिव अरुणले जानकारी दिएका छन।

सुचनामा २०७९ मंसीर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनका लागि जिल्लाबाट उम्मेदवार सिफारिस गर्न २०७९ भाद्र २२ गते बुधबारका दिन बिहान ११ बजेदेखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) जिल्ला समन्वय समिति सल्यानको पूर्ण बैठक जिल्ला समन्वय समितिको हलमा हुने सूचना सम्बन्धित सबैका लागि जारी गरिएकाे छ।

बैठकमा सहभागीमा हुने पालिका सचिव,उपाध्यक्ष,अध्यक्ष,जिल्ला समन्वय सदस्य,प्रदेश सदस्य,प्रदेश सल्लाहकार सदस्य ,प्रदेश जेष्ठ कम्युनिस्ट मञ्च सदस्य र गृहजिल्ला सल्यान भएका जिल्ला समन्वय समिति सदस्यभन्दा माथिका सबै पदाधिकारीहरुलाई सुचना जारी गरिएकाे जनाएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता