नेकपा (एकीकृत समाजवादी) सल्यानले संघमा प्रकाश ज्वालाकाे एकल नाम सिफारिस

नेकपा (एकीकृत समाजवादी) सल्यानले संघमा प्रकाश ज्वालाकाे एकल नाम सिफारिस

सल्यान १३, भदौ

नेकपा (एकीकृत समाजवादी) सल्यानले संघमा प्रकाश ज्वालाकाे एकल नाम सिफारिस गरेकाे छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानले आगामी निर्वाचनका लागि संघमा जिल्लाबाट पार्टीका उप महासचिव तथा कर्णाली प्रदेश इन्चार्जको नाम सर्वसम्मत सिफारिस गरेकाे हाे ।

विज्ञापन

पार्टीको खलंगामा सम्पन्न पुर्ण बैठकले आगामी निर्वाचनका लागि प्रत्यक्ष तर्फ ज्वालाकाे नाम सिफारिस गरिएको हो ।

पार्टीकाे पुर्ण बैठकबाट प्रदेश सभा तर्फका उम्मेदवारकाे नाम टुङ्गाे लगाएकाे छ। प्रदेश क तर्फ लाेक बहादुर डाँगी प्रेमा अधिकारी र जीवन बिसीकाे नाम सिफारिस गरेकाे बैठकले प्रदेश सभा ख तर्फ भद्रसिहँ बुढा शारदा परियार र हरि केसीकाे नाम सिफारिस गरिएकाे छ।

यस्तै संघमा समानुपातिकमा २ जना र प्रदेश सभा क र ख मा ३/३ जनाको नाम सिफारिस गरिएको पार्टी सचिव रमेश कुमार गौतमले जानकारी दिएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता