बिभेद बिरुद्ध पैरवी गर्न सामुदायिक रेडियाेलाई   माेर्चाकाे अनुराेध  पत्र

बिभेद बिरुद्ध पैरवी गर्न सामुदायिक रेडियाेलाई माेर्चाकाे अनुराेध पत्र

भाद्र ९ हुम्ला

बिभेद बिरुद्ध पैरवी गर्न सामुदायिक रेडियाेलाई नेपाल दलित मुक्तिमाेर्चा हुम्ला जिल्ला समन्वय समितीले अनुराेध पत्र बुझाएकाे छ।

माेर्चाकाे गत बुधबार समपन्न प्रथम जिल्ला भेला बाट हुम्ला जिल्लामा हुने जातिय बिभेद बिरुद्धकाे अभियानमा सहयाेग गर्न माेर्चाका जिल्ला संयाेजक माेहन परियारकाे नेतृत्वमा हुम्ला जिल्लामा रहेका सामुदायिक रेडियाेमा अनुराेध पत्र बुझाईएकाे हाे।

गएकाे ०७६ साल चैत्र २८ गतेकाे घटनालाई स्मरण गराउदै मार्चाले गम्भिर ध्याणार्षकण गरेकाे छ।

खार्पुनाथ गाउपालिका वडा नं २ निवासी ४८ बर्षिय गड्के दमाइ र २५ बर्षिय राजेन्द्र दमाइ लाइ स्थानिय जंगलमा ओखरकाे हाँगा काट्दा गरिएकाे कुटपिटकाे घटनामा माेर्चाकाे पहलमा न्याय पाउन सफल भएका थिए।

यस्ता घटनाका विरुद्ध सामुदायिक रेडियाेहरु भुइ मान्छेकाे आवाज बन्न अनुराेध पत्र पेश गरेकाे संयाेजक परियारले बताएका छन। हेर्नुहाेस अनुराेध पत्रकाे पुर्ण पाठ

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता