दाङमा बिमादावी गर्न टिप्पर आगाे लगाएका तिन जना प्रकाउ

दाङमा बिमादावी गर्न टिप्पर आगाे लगाएका तिन जना प्रकाउ

भदाै ७ दाङ

नेपाल बन्दकाे अबसर पारी बिमा रकम दावी गर्न टिप्पर आगाे लगाएका तिनजनालाइ दाङ प्रहरीले पक्राउ गरेकाे छ।

विज्ञापन

घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाउन सल्लाह दिने टिप्पर धनी घोराही-१८ का ४३ वर्षिय धनेश्वर भण्डारी, टिप्पर चालक राप्ती गाउँपालिका-८,पिपरीका ३२ वर्षिय अरुण चौधरी र सहचालक गढवा गाउँपालिका – ७,चन्दनपुरका १७ वर्षिय आकाश चौधरीलाई पक्राउ गरी दाङ प्रहरीले सार्वजनिक गरेको हाे ।

बिहानै ४ बजेकाे समयमा टिप्परमाथी आगाे लगाएकाे आराेप बन्द कर्तालाइ लगाएकाे केही समयमै बन्द कर्ताले टिप्पर आगजानीमा संलग्न नभएकाे बताएका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता