रूकुम पश्चिममा  ३ दिने माक्सबादी प्रशिक्षण कार्यक्रम सुरु

रूकुम पश्चिममा ३ दिने माक्सबादी प्रशिक्षण कार्यक्रम सुरु

भाद्र ६ रुकुम पश्चिम

रूकुम पश्चिममा ३ दिने माक्सबादी प्रशिक्षण कार्यक्रम सुरु गरिएकाे छ।

नेकपा ( माओवादी केन्द्र ) सानीभेरी गाउँ कमिटी रूकुम पश्चिमको आयोजनामा सानाेभेरी गाउपालिकामा ३ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएकाे हाे।

स्कुलिङ कार्यक्रमका मुख्य सहजकर्ता ( प्रशिक्षक ) माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रूकुम पश्चिमका इन्चार्ज कमरेड बसन्त शर्मा कुशलको माक्र्सवादी दर्शन शास्त्रका आधारभूत बिषयहरूमा मुलतः राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवादको बिषय राज्यको उत्पत्ति र राज्यसत्ताको ढाँचाको बिषयमा सटिक र रोचक प्रस्तुति बाँफिकोट गाउँ पालिकाका निवर्तमान अध्यक्ष धर्मबहादुर केसी जिज्ञासु र लेनिनवादी संगठनात्मक सिद्धान्तको बिषयमा धनवीर वलीले पहिलाे दिनमा प्रशिक्षण गरेका थिए।

३ दिन सम्म आयाेजना गरिएकाे प्रशिक्षण कार्यक्रम भाद्र ६ देखि ८ गते सम्म सञ्चालन हुने आयाेजकले बताएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता