छत्रेश्वरीमा माओबादी केन्द्र एक्लै भिड्ने

छत्रेश्वरीमा माओबादी केन्द्र एक्लै भिड्ने

सल्यान बैशाख १२

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र छत्रेश्वरी एक्लै भिड्ने भएकाे छ।

विज्ञापन

सत्ता गठबन्धनका राजनैतिक दलले पद तथा वडा बिभाजनमा बिमती राखेपछि माओबादी केन्द्र एक्ले भिड्ने भएकाे हाे।

सत्ता गठबन्धनकाे राष्ट्रिय सहमति अनुसार सल्यान जिल्लामा चुनावी तालमेल गर्ने बिषयमा सत्ता गठबन्धनका राजनैतिक दलले छत्रेश्वरीमा माओबादी केन्द्रलाइ बेवास्ता गरेकाे वार्ता तथा सम्वादमा बस्न नचाहेकाे निर्वाचन परिचालन समिती संयोजक हिमाल यात्रीले जनाएका छन।

माओबादी केन्द्रले गठबन्धनमा हदै सम्मकाे लचकता देखाउदा पनि सत्ता गठबन्धनका राजनैतिक दल काँग्रेस तथा समाजबादीले स्थानिय तह निर्वाचन २०७४ भन्दा अलिक टाढा जान नसकेकाे काँग्रेसले बहुमत सदस्य सहित अध्यक्ष दावी गर्दा गठबन्धनबाट बाहिरिएकाे संयाेजक यात्रीले बताएका छन।

आसन्न स्थानिय तह निर्वाचन २०७९ बैशाख ३० गतेकाे लागी माओबादी केन्द्र छत्रेश्वरीले कर्णाली प्रदेश सदस्य प्रेम बहादुर खडकाकाे नेतृत्वमा पालिकाका ७ वटै वडामा उमेरदवार दर्ता गरेकाे छ।

जसकाे गाउपालिका उपाध्यक्षमा गिताञ्जली भण्डारी रहेकी छिन।

वडा नं १ अध्यक्ष -कुल प्रसाद शर्मा

वडा नं २ अध्यक्ष प्रेम बहादुर नेपाली

वडा नं वडा अध्यक्ष केशव पुन

वडा नं ४ वडा अध्यक्ष ध्रुवराज भन्डारी

वडा नं ५ वडा अध्यक्ष डिल्ली बहादुर ओलि

वडा नं ६ वडा अध्यक्ष रामु महतारा

वडा नं ६ वडा अध्यक्ष देबेन्द्रराज राना

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता