नेकपा एकीकृत समाजवादी कालीमाटी गाउ समितीको  संगठन बिस्तार अभियान तिव्र

नेकपा एकीकृत समाजवादी कालीमाटी गाउ समितीको  संगठन बिस्तार अभियान तिव्र

चैत्र १६ सल्यान

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले कालीमाटी गाउपालिकामा संगठन बिस्ता अभियानलाइ तिव्र बनाएको छ।

विज्ञापन

कालीमाटी गाउपालिकाका ७ वटै वडामा बडा समिती गठन गरिसकेको समाजवादीले टोल कमिटी विस्तार अभियानलाइ तिब्र बनाएको हो।

समाजबादीका प्रदेश सदस्य तथा जिल्ला उप सचिव टेकमान वली गाउ कमिटी अध्यक्ष ज्ञान्द्र बहादुर केसी नेकपा एकीकृत समाजवादी कालिमाटी गाउँपालिका वाडा नं ३ को अध्यक्ष ओपेन्द्र के सी को सहितको नेतृत्वमा संगठन बिस्तारमा तिब्रता दिए सगै एमाले छागेर समाजबादीमा प्रवेश गर्नेको लहर बढेको उप सचिव वलीले बताए।

उभियानकै क्रममा वडा नं ३ को मर्चेवारी लामीडाँडा टोलमा टोल कमिटी गठन गरिएको छ। 

भक्त बहादुर पुन मगर को अध्यक्षतामा गठन गरिएको २१ सदस्यिय टोल कमिटीको उपाध्यक्ष जय बहादुर चलाउने सचिव  विपना घर्ती उपसचिव  देव बहादुर परियार चयन भएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता