माओबादी केन्द्र सल्यानले जिल्ला सचिव सहित १० स्थानियतहमा पालिका इन्चार्ज तोक्यो
चैत्र २ सल्यान
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र जिल्ला समन्वय समिती सल्यानको प्रथम बैठक सल्यान खलंगामा समपन्न भएको छ।
माओबादी केन्द्र जिल्ला समन्वय समिती सल्यानको प्रथम बैठक बाट समन्वय समिती सल्यानको सचिवमा निम बहादुर केसी अरुण लाइ जिम्मवारी दिने निर्णय गरेको छ।
साथै प्रथक बैठकले १० स्थानिय तहमा नगर तथा पालिका इन्चार्जको जिम्मेवारी दिने निर्णय गर्दै बैठक सम्पन्न भएको हो।
जिल्ला संयोजक कृति बहादुर पुनको अध्यक्षता तथा पार्टीका केन्द्रय सदस्य टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यमा सञ्चालन भएको बैठकमा केन्द्रिय सदस्य टीका बुढाथोकी, प्रदेश अध्यक्ष बिमला केसी र उपाध्यक्ष कर्ण बहादुर बुढाथोकीले समसामयिक राजनैतिक तथा बैचारिक बिषयमा प्रशिक्षण मुलक मन्तव्य राखेका थिए ।
बैठकमा प्रदेश सचिव धनराज शाहीले प्रदेश पार्टीले गरेका निर्णय वारे जानकारी गराउदै सल्यान जिल्लाको पार्टी इन्चार्जको जिम्मेवारी नेता उमाकान्त शर्मा लाइ जिम्मेवारी दिएको जानकारी दिएका थिए।
प्रदेश पार्टीको निर्णय अनुसार पालिका इन्चार्ज जिम्मेवारी पाएक ब्यक्ती प्रदेश कमिटीमा मनोनित हुने निर्णय भएको बिषयमा
कमिटी सदस्य हिमाल यात्रीले जानकारी दिएका थिए।
जस अनुसार नगर तथा पालिका इन्चार्जहरु को जिम्मेवारी निम्न अनुसार तोकिएको छ।
शारदा नगरपालिकामा प्रमोद श्रेष्ठ,
बागचौर नगरपालिकामा टिकाराम वली,
बनगाड कुपिण्डे नगरपालिकामा धन बहादुर पुन
कुमाख गाउँपालिकामा दिलमाया बुढा,
दार्मा गाउँपालिकामा अनन्त शर्मा,
त्रिबेणी गाउपालिकामा अजय रोका,
कपुरकोट गाउँपालिकामा तिर्थ राज बस्नेत,
छत्रेश्वरी गाउपालिकामा राधा कुमारी शर्मा
कालिमाटी गाउपालिकामा वीर बहादुर बिसी
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा