राष्ट्रघाती MCC सम्झौता बिरुद्ध सुर्खेतमा छ कम्युनिष्ट र दुइ मोर्चा निकट बिध्यार्थीको बिरोध

राष्ट्रघाती MCC सम्झौता बिरुद्ध सुर्खेतमा छ कम्युनिष्ट र दुइ मोर्चा निकट बिध्यार्थीको बिरोध

फागुन २६ सुर्खेत

राष्ट्रघाती सम्झौता MCC बिरुद्ध बिरुद्ध कर्णाली प्रदेश राजधानी सुर्खेतमा छ कम्युनिष्ट र दुइ मोर्चा निकट बिध्यार्थी संगठनले बिरोध प्रदर्शन गरेका छन।

नेपालको सार्वभौम सत्ता नेपालको राष्ट्रियता माथी आँच पुर्याउने राष्ट्रघाती सम्झौता खारिजीको माग गर्दै कर्णाली प्रदेश राजधानी सुर्खेतमा बिरोध प्रदर्शन गरिएको छ।

बिरोध प्रदर्शनमा छ कम्युनिष्ट तथा दुइ मोर्चा निकट बिद्यार्थी संगठनका बिद्यार्थीलेहरुले राष्ट्रिय झण्डा सहित राष्ट्रघाती MCC फिर्ता गर जस्ता नारा सहित बिरोध प्रदर्शन गरिएको छ।

राष्ट्रघाती MCC सम्झौताका विरुद्धमा देशका देशभक्त देश प्रेमी राष्ट्रियता र सार्वभौम सत्ता नेपालीको पक्षमा चाहाने शक्तिहरु एक हुन बिरोध सभामा बिद्यार्थी नेताहरुले बताएका छन।

बिद्यार्थी नेताहरुले राष्ट्रघाती सम्झौजा खारिजी गर्नु पर्ने कारण पनि जन्तालाइ बुझाउनु पर्ने बेला आएकाले बिरोध गरिएको बताएका छन।

नेपालको संबिधान भन्दा माथी MCC कानुन हुने सम्झौता कुनै पनि अबस्थामा स्वीकार्न नकस्ने भएकाले अमेरीकी सैन्य रणनितीको अंग हुने नेपालको बिकासमा भारतको अनुमति लिनु पर्ने नेपालको सार्वभौम संसदबाट अनुमोदन हुने बिकास परियोजना राष्ट्रघाती नै भएकाले यसको खारेजीको लागी सबै शक्ती लाग्नु पर्ने आह्वान गरेका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता