सल्यानका पुर्व दुइ बिद्यार्थी नेता माओबादी केन्द्रको केन्दिय सदस्यमा मनोनित

सल्यानका पुर्व दुइ बिद्यार्थी नेता माओबादी केन्द्रको केन्दिय सदस्यमा मनोनित

फागुन २३ सल्यान

सल्यानका पुर्व बिध्यार्थी नेता रमेश मल्ल र तिलक राज भण्डारी नेपाल कम्युनिष्ट पार्टी मओबादी केन्द्रको केन्दिय सदस्यमा मनोनित भएका छन।

विज्ञापन

नेता रमेश मल्ल र तिलक राज भण्डारीलाइ माओबादी केन्द्रको आज सम्पन्न केन्द्रिय समितीको बैठकले मनोनित गरेको हो।

८औं राष्ट्रिय महाधिवेशनले निर्देश गरेका बाँकी काम सक्ने, केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन गर्ने, चुनाव केन्द्रीत कार्ययोजना र कार्यविभाजन गर्ने र समसामयीक राजनीतिमा उठेका प्रश्नहरुमा पार्टीको आधिकारीक धारणा तय गर्न केन्द्रीय समिति बैठक बसेको थियो । 

केन्द्रिय समितीमा मनोनित रमेश मल्ल पुर्व अखि क्रान्तीकारीको केन्द्रिय अध्यक्ष हुन भने तिलक भण्डारी उपाध्यक्ष भएका थिए।

दुइ युवा नेता केन्द्रिय समिती थपिए सगै सल्यानमा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको केन्द्रिय सदस्यको संख्या ४ जना पुगेको छ।

सल्यानबाट मा‌ओबादी केन्द्रको केन्द्रिय सदस्य हुने हरुमा

१ टेक बहादुर बस्नेत संघिय संसद

२ टिका बुढाथोकी पुर्व संबिधान सभा सदस्य

३ रमेश मल्ल पुर्व अखिल क्रान्तीकारीका केन्द्रिय अध्यक्ष

४ तिलक राज भण्डारी पुर्व अखिल क्रान्तीकारीका केन्द्रिय उपाध्यक्ष

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता