नगरपालिका गैरकानुनी रुपमा  सञ्चालन गरेको भन्दै सत्ता गठबन्धनका दलहरुको मोर्चा बन्दी

नगरपालिका गैरकानुनी रुपमा सञ्चालन गरेको भन्दै सत्ता गठबन्धनका दलहरुको मोर्चा बन्दी

सल्यान माघ ९

 सल्यानको बनगाड कुपिन्डे नगरपालिका गैर कानुनी रुपमा सञ्चालन गरेको भन्दै सत्ता गठबन्धनका दलहरुको मोर्चा बन्दी गरेका छन।

विज्ञापन

नगर अध्यक्षले‍‍‍  सुरुदेखि हालसम्म नगरपालिका गैरकानुनी तवरले सञ्चालन गरिएको भन्दै क्रियाशिल सत्ता गठबन्धनका तिन राजनीति दलहरुले नगरपालिका विरुद्ध मोर्चा बन्दी गरेका हुन ।

नगरपालिकाले  सुशासन तथा विकास निर्माणका सवालमा कुनै सहकार्य नगरेको र गैरकानुनी रुपमा चलेको तथा वडा नं १ का वडाध्यक्ष शान्त कुमार यरी प्रतिको राजनीति प्रतिशोधपूर्ण ब्यबहार तत्काल सच्याउन प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रेश बिज्ञप्तीमा भनिएको छ नगर प्रमुख गोबिन्द कुमार पुन ले आफै अख्तियार बनेर चालबाजी गरेर स्थानिय सरकार सञ्चालन ऐन भन्दा बाहिर गएर नगर प्रमुख र कर्मचारीले गलत कदम चालेको दलको भनाइ छ उक्त  कुरा तत्काल नसच्चिए गठबन्धन दलले थप कदम चाल्ने चेतावनी समेत दिएका छन्  । 

नागरिकको पहुँच तथा सेवा प्रवाहमा ख्यालै नगरी वडा नं १० को कार्यलय वालुवा सँग्रही तथा ढोरपिपलबाट सञ्चालन भएकाले नागरिकको पहुँचमा सेवा प्रवाह गर्न १० नं वडा कार्यलयको सेवा कुटिचौरबाट सञ्चालन गर्न माग गरिएको छ।

नागरिक कोरना भाइरसका कारण लकडाउन हुदा दैनिक ज्यालादारी तथा रोजगार गुमाएकाले त्यसको ब्यबस्थापन तथा स्थानिय रोजगारका रुपमा मुख्यमन्त्री रोजगारका कार्यक्रम यथासिघ्र सञ्चालन गरी नागरिकलाइ रोजगार दिन भनिएको छ।

स्वास्थ्य करारका केही कर्मचारी र लामो समय विभिन्न वडाहरुमा कार्यरत सलेपाहरुको जतिसक्दो छिटो करार सम्झौता गर्न माग गरिएको छ ।

नगरपालिकाकाको स्रोत साधनमा चरम दुरुपयोग भएकोले यस्ता कार्य तत्काल रौक्न गठबन्धनको जोड छ ।

हालसम्म विद्यालयहरुमा शिक्षक पदपुर्ति नहुँदा पठनपाठनमा समेत निकै समस्या उत्पन्न भएको र शिक्षा नियामावलि अनुसार शिक्षक छनौट गर्न माग गरिएको छ प्रेश बिज्ञप्तीमा उल्ले गरिएको छ। 

हेर्नुहोस प्रेश बिज्ञप्ती

No description available.

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता