नेता जीवन परियार सह महामन्त्रीमा विजयी

नेता जीवन परियार सह महामन्त्रीमा विजयी

पुष २ काठमाडौ

नेपाली कांग्रेसका नेता जीवन परियार पार्टीको सहमहामन्त्री पदमा विजयी भएका छन।

पार्टीको १४औं महाधिवेशनमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पहिलो पटक उम्मेदवारी घोषणा गरेका थिए।

कास्कीमा जन्मिएका नेता परियार संविधानसभा सदस्य पनि हुन।

नेपाली काँग्रेसको राजनैतिक बृत्तमा २०१२ सालमा धनमानसिह परियारलाइ महामन्त्री मा निर्बाचित गरेको काँग्रेसले हाल सम्म दलित समुदायको मुख्य पदमा प्रतिनिधित्व गराउन सकेको थिएन।

२०६७ देखि पार्टीको केन्द्रीय सदस्य बनेर केन्द्रीय राजनीतिकमा सक्रिय भएका परियार ६६बर्ष पछि दलित समुदाएको प्रतिनिधित्व गर्दै १४ ‌औ महाधिबेशनबाट सह महामन्त्रीमा विजयी भएका छन।

कांग्रेसको विभिन्न तह र तप्कामा रहेको आफूले लामो समयदेखि काम गरेका परियार धनमानसिहँ परियार पछि दोस्रो पुस्ताको रुपामा विजयी भएका छन।

उनले आफू सहमहामन्त्री बनेर नेपाली कांग्रेसलाई अझ जनप्रिय, सशक्त र बलियो बनाउन भूमिका खेल्ने बताए। 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता