माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षमा के.सी. उपाध्यक्षमा  बुढाथोकी निर्बाचित

माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षमा के.सी. उपाध्यक्षमा बुढाथोकी निर्बाचित

मंसिर२९,सल्यान 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी र उपाध्यक्षमा कर्ण बहादुर बुढाथोकी छाहारी निर्वाचित भएका छन् ।

माओवादी केन्द्रको कर्णाली प्रदेशको प्रथम सम्मेलनबाट केसी अध्यक्षमा तथा बुढाथोकी उपाध्यक्षमा निर्वाचित भएका हुन।

केन्द्रीय सदस्यहरु बिच प्रदेश अध्यक्षमा सहमति हुन नसकेपछि प्रदेश समिति सदस्यहरुबाट पदाधिकारी चुन्ने विधि बनाइए पछि पदाधिकारी चयनको बाटो खुलेको हो।

अध्यक्षमा सहमति जुटे लगतै सल्यान जिल्लाबाट उपाध्यक्षमा कर्ण बहादुर बुढाथोकी चयन भएका छन भने अन्य पदाधिकारीमा अझै सहमति जुट्न सकेको छैन । अन्य पदाधिकारी चयनका लागि छलफल चलि रहेको माओवादी केन्द्रले जनाएको छ । पदाधिकारी चयन हुन केही समय लाग्ने भएपछि माओबादी केन्द्रले सबै जिल्लाबाट सदस्यको छनोट भने २८ गते नै गरिसकेको थियो।

जस अनुसार कर्णाली प्रदेशका १० जिल्ला क्रमशः रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९ कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११, र मुगुबाट १० गरी २११ जना प्रदेश सदस्यमा चयन भएका छन् । केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसंख्यक पाँच प्रतिशत समेट्ने व्यवस्था विधानमा गरेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता