माओबादी केन्द्रले प्रदेश पदाधिकारी र सदस्य संख्यामा बृद्धी गर्योःकर्णाली प्रदेश समिती २११ सदस्यिय हुने

माओबादी केन्द्रले प्रदेश पदाधिकारी र सदस्य संख्यामा बृद्धी गर्योःकर्णाली प्रदेश समिती २११ सदस्यिय हुने

मंसिर २३ काठमाडौ

माओबादी केन्द्रले प्रदेश पदाधिकारी र सदस्य संख्यामा बृद्धी गरेको छ।

माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओबादी केन्द्रको निर्णय अनुसार अब कर्णाली प्रदेश समितीमा २११ सदस्यिय प्रदेश समिती रहने भएको छ। 

प्रवक्ता महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव एक , तीन सहसचिव र एक कोषाध्यक्ष रहने छन। यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर संख्या थप गरिएको बताइएको छ।

त्यसै गरी प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने छन भएका छन।

बैठकले पार्टी प्रवेश गर्नेहरुको अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको कार्यदल बनाएको माओवादीले जनाएको छ । त्यस्तै बैठकले महिला विभाग थपेर तत्काललाई पम्फा भुसालले उक्त विभागको नेतृत्व गर्ने निर्णय गरेको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता