नेकपा माओबादी केन्द्र बागचौर नगरमकिटीको अध्यक्षमा भण्डारी निर्वाचित

नेकपा माओबादी केन्द्र बागचौर नगरमकिटीको अध्यक्षमा भण्डारी निर्वाचित

मंसिर १८ सल्यान

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागचौर नगरकमिटीको अध्यक्षमा शोभाराम भण्डारी निर्वाचित भएका छन।

विज्ञापन

भण्डारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागचौर नगर कमिटीको दोस्रो सम्मेलन को एक साताको प्रयास पछि नगर कमिटी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन।

६५ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको सम्मेलनबाट उपाध्यक्षमा मोहन लाल बुढाथोकी, रोमु शाही र कमल डाँगी, सचिव दिपक वली, सह-सचिव मदन बस्नेत र कोषाध्यक्षमा राधा वली शर्मा निर्वाचित भएका छन।

यो सगै माओबादी केन्द्र सल्यानले सल्यानका दश स्थानिय तहमा गाउ सम्मेलन सम्पन्न गरेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता