अखिल क्रान्तिकारीका पूर्व दुइ विधार्थी नेताहरु माओवादी केन्द्रको केन्द्रीय प्रतिनिधी बने

अखिल क्रान्तिकारीका पूर्व दुइ विधार्थी नेताहरु माओवादी केन्द्रको केन्द्रीय प्रतिनिधी बने

काठमाडौ मंसिर १६

अखिल क्रान्तिकारी सल्यानका पूर्व दुइ विधार्थी नेताहरु माओवादीको केन्द्रीय प्रतिनिधी बनेका छन।

विज्ञापन

सल्यानको भुगोलबाट राष्ट्रिय राजनितीमा नेतृत्व गर्दै आएका सल्यानका अखिल क्रान्तीकारी पुर्व केन्द्रिय अध्यक्ष रमेश मल्ल र पुर्व केन्द्रिय उपाध्यक्ष तिलक राज भण्डारी नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको केन्द्रिय प्रतिनिधी बनेका हुन।

नेकपा (माओवादी केन्द्र)ले युवा विधार्थी सहितका १२ जनालाई केन्द्रीय प्रतिनिधी बनाएको छ ।विहिवार वसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकले पूर्व विधार्थी नेताहरुसहित लाई केन्द्रीय प्रतिनिधी बनाउने निर्णय अनुसार नेता मल्ल र भण्डारी केन्द्रिय प्रतिनिधी छनौट भएका छन।

यसरी नेता रमेश मल्ल, र तिलक राज भण्डारी सगं १० जना पुर्व बिद्यार्थी नेताहरु पनि प्रतिनिधीमा छनोट भएका छन जसमा नेता नरेन्द्र न्यौपाने, रत्न ढकाल, रन्जित तामाङ, उत्तम अधिकारी, सुरेन्द्र बस्नेत, दिपक देवकोटाह विजय गौतम रहेका छन । मल्ल, न्यौपाने , ढकाल र तामाङ अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हुन् भने अधिकारी, बस्नेत, देवकोटा, भण्डारी र गौतम अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका आकाक्षी थिए । अध्यक्ष प्रचण्डले आकाक्षी नेताहरुलाई केन्द्रीय सदस्य बनाउने भन्दै पञ्चा सिंहलाई विधार्थीको अध्यक्ष बनाएका थिए ।

त्यसैगरी गगन खडका, महेन्द्र केसी र श्रीकृष्ण अधिकारी (विवेक) लाई पनि केन्द्रीय प्रतिनिधी बनाइएको छ । खड्का विप्लवको पार्टी छोडेर केही अगाडी माओवादी केन्द्रमा फर्किएका थिए । श्रीकृष्ण अधिकारी नुवाकोटका पूराना माओवादी नेता हुन् ।

विधार्थीलाई केन्द्रीय प्रतिनिधी बनाउँदै गर्दा खडका, केसी र अधिकारीलाई पनि थप गर्ने निर्णय माओवादी केन्द्रको स्थायी कमिटि बैठकले गरेको हो ।

माओवादी केन्द्रले पुस ११ देखि १३ सम्म काठमाडौंको प्रज्ञा भवनमा पार्टीको राष्टिय सम्मेलन गर्ने भएको छ ।

काठमाडौंमा सम्मेलन गर्ने भनेपनि स्थान तय भएको थिएन । विहिवारको स्थायी कमिटि बैठकले राष्टिय सम्मेलन आयोजना गर्ने स्थान तय गरेको हो ।

त्यस्तै २५ मंसिरको प्रदेश सम्मेलन सात ओटै प्रदेशको एकैपटक अध्यक्ष प्रचण्डले दिउँसो १ बजे उद्घाटन गर्ने निर्णय पनि माओवादीको छ ।

बागमती प्रदेशको सम्मेलन स्थलवाट विगतमा वाईसिएलले राष्टिय भेला गरेको जस्तै गरी सवैलाई जोडेर एकैपटक भर्चुअल माध्यमबाट प्रचण्डले उदघाटन गर्ने बताइएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता