नेता जीवन परियारद्धारा सह महामन्त्री पदमा उम्मेदवारी घोषणा
मंसिर ९ काठमाडौ
नेपाली कांग्रेसका नेता जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीको १४औं महाधिवेशनमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
कास्कीमा जन्मिएका नेता परियार संविधानसभा सदस्य पनि हुन् ।
नेपाली काँग्रेसको राजनैतिक बृत्तमा २०१२ सालमा धनमानसिह परियारलाइ महामन्त्री मा निर्बाचित गरेको काँग्रेसले हाल सम्म दलित समुदायको मुख्य पदमा प्रतिनिधित्व गराउन सकेको छैन।

२०६७ देखि पार्टीको केन्द्रीय सदस्य बनेर केन्द्रीय राजनीतिकमा सक्रिय भएका परियार धनमान सिह परियार पछि ६६ सम्म दलित समुदाएको प्रतिनिधित्व नभएको ले १४ औ महाधिबेशनमा सह महामन्त्री पदको उम्मेरदवारी घोषणा गरेको बताएका छन।
कांग्रेसको विभिन्न तह र तप्कामा रहेको आफूले लामो समयदेखि काम गरिरहेको उनले बताए ।
उनले आफू सहमहामन्त्री बनेर नेपाली कांग्रेसलाई अझ जनप्रिय, सशक्त र बलियो बनाउन भूमिका खेल्ने बताए।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा