विप्लब नेकपाद्वारा सल्यानमा पार्टी सम्पर्क कार्यलय स्थापना
मंसिर ८ सल्यान
विप्लब नेकपा द्वारा सल्यानमा पार्टी सम्पर्क कार्यलय स्थापना गरिएको छ।
८ औँ पार्टि पुनर्गठन दिबसको अबसरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सम्पर्क कार्यालय सल्यानको डाँडागाउँमा स्थापना गरिएको छ।
पार्टीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सबिन पोखरेलले पार्टीको झण्डा फरफहराएर कार्यालय उद्घाटन गरेका थिए ।
कार्यालय स्थापना पश्चात् पार्टी पुनर्गठन दिवसको अवसरमा पार्टीका नेता कार्यकर्ता, कानुन व्यवसायी, अधिकारकर्मी, बुद्धिजीवी तथा पत्रकारका बीच चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो।
चियापान तथा पार्टी कार्यलय उद्धघाटन कार्यक्रममा बोल्दै सल्यान इन्चार्ज तथा केन्द्रिय सदस्य सबिन पोखरेलले जनयुद्धको रनैतिक योजना र कार्यदिशा दलाल संसदिय ब्यबस्था खारिज गर्नु र नेपाली जन्ताको भाग्य र भबिष्य निमार्णको लागी बैज्ञानिक समाज नै आबश्यक्ता महसुस गरिएको र यसको कार्यन्वयनको लागी तत्कालिन माओबादी कार्यदिशा पुरा गर्न नेपाल कम्युनिष्ट पार्टी विप्लब नेतृत्वमा हुने भएकाले अहिलेका दलाल संसदिय ब्यबस्थामा सत्ता र पात्र परिवर्तनबाट जन्ताका जनजीविका यस्तै रहने भएकाले यसका बिरुद्ध सबै लाग्नु पर्ने बताएका थिए।
उनले भने संसदीय व्यवस्थाले जनताको जिवनस्तर उठाउन नसक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्ने र शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद प्राप्त गर्न जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा – माओवादी बाट सम्बन्धविच्छेदन भए पछि विप्लवको नेतृत्वमा २०७१ मंसिर ८ गते नेकपा ९माओवादी गठन गरेको दिनलाई पार्टीले पुनर्गठन दिवसको रुपमा मनाउने गरेको छ ।
विप्लव नेतृत्वको नेकपालाई हिंसात्मक गतिविधि गरेको भन्दै तत्कालीन केपी सरकारले २०७५ फागुन २८ देखि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध पछि भुमिगत भएको नेकपा २०७७ फागुन २१ गते सरकार सँग ३ वुदे सहमति गरेर खुल्ला राजनीतिमा उदाएको छ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा