राजनैतिक बिद्रोह बिना जातिय बिभेद अन्त्य असम्भव

राजनैतिक बिद्रोह बिना जातिय बिभेद अन्त्य असम्भव

सबै दलित समुदाय एक हुन बक्ताहरुको उदघोष

कार्तिक १५ सल्यान

राष्ट्रिय दलित मुक्ती जागरण अभियान सल्यानले सल्यानको थारमारेमा बिसाल जन सभा सम्पन्न गरेको छ।

सल्यानको थारमारेमा आयोजना गरेको कार्यक्रमा बोल्ने बक्ताहरुले राजनैतिक बिद्रोह बिना जातिय बिभेद अन्त्य असम्भव रहेको बताएका छन।

राष्ट्रिय दलित मुक्ती जागरणले नेपालको पुर्ब र पश्चिम गरी दुई खण्ड गरी दलित समुदायमा रहेको जातिय छुवाछुत तथा बिभेद बिरुद्धको जागरणका लागी जन सभा मार्फत जागरण पैदा गरिहेको छ।

पुर्वी कमाणड राजेश विद्रोहले गरेका छन भने पश्चिम कमाण्ड खगेन्द्र सुनार तथा मध्य कमाण्ड केशव परियारले गरेका छन।

पश्चिम कमाण्ड क्षेत्रमा दैलेख सल्यान र नेपालगंन्जमा दलित समुदायको बिसाल जन सभा सम्पन्न गरेको मध्यकमाण्ड संयोजक केशव परियारले जानकारी दिएका छन।

सल्यानको थारमारेमा आयोजित बिसाल जनसभामा बोल्ने बक्ताहरुले नेपालमा जात ब्यबस्था र जातब्यबस्थामा रहेको सत्ता नै दलित समुदायको प्रमुख बाधक शक्ती भएकाले यसका लागी दलित समुदायको लागी राजनैतिक बिद्रोह नै अहिलेको आवश्यक्ता रहेको बताएका छन।

एक मिनेट मौनधारण गरी सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय दलित मुक्ती जागरण अभियान सल्यानका संयोजक खेमराज सुनारको अध्यक्षता तथा दलित अधिकार कर्मी प्रेम नारायण बिक को स्वागत मनतब्य रहेको कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा सल्यान अध्यक्ष नोखिराम थापाले गरेका थिए।

कसले के भने यो पनि हेर्नुहोस

पश्चिम कमाण्ड संयोजक खकेन्द्र सुनार

नेपाली दलित समुदायले हिजो राज्य सत्ता परिवर्तनको लागी गरेको बलिदान र त्याग तपस्याले राजनैतिक परिवर्तन त गर्यो तर आज परिवर्तनका नाममा दलित समुदायमा कागजी बाघ देखाएर सधै कराउने बनायो त्यसका बिरुद्धमा आज दलित समुदाय बिद्रोहको लागी तयार भएको बताए।

नेपाली कला र श्रम क्षेत्रमा दलित समुदायको ठुलो कुर्वानी रहेको त्यसको हिसाव कितावको लागी संघर्ष आबश्यक भएको बताए ।

उनले भने हिजो मनोरञ्जनको रुपमा प्रयोग गरिएका बादी समुदायका दलित महिला आज सडक छाप भएको राज्य देख्दैन हिजो राज्य निरमार्णका लागी घरेलु हतियार बनायर राजा महाराजा हरुलाइ सहयोग गरेको आरण पेशा आज बिस्तापित हुनु पर्ने दौरा सुराल बाट सजिएर सभा सम्मेलनमा जाँदा खुसी हुने तर दलितका मेसिन खिया लाग्दा राज्यले ध्यान दिन नसक्ने अझ पेशा नै ओझेल परेकाले दलित समुदायका लागी

राज्य अभिभावक हुन सकेन राज्य आज दलित समुदायको लागी साशक मात्र बनिरहने हामीले ति साशक लाइ भाेट दिएर सत्तामा पुर्याउने अनि हामीलाइ नै बिभेद गर्नेका बिरुद्ध यो बिसाल सभा आबश्यक परेको उनले बताए।

उनले भने आज राज्य सत्तामा रहेका हरेक निकायमा आर्मीको जर्नेल देखि कर्नेल कति भए डाक्टर पाईलट कति भए शिक्षक कर्मचारी कति भए यो राज्यको दायित्य भित्र पर्दैन त्यसैले कर्णेल देखि जर्नेल सम्म हुन नपाउने शिक्षक डाक्टर हुन नपाउने त्यसका बिरुद्ध यो दलित जागरण आबश्यक भएको ठोकुवा गरे।

केशव परियार मध्यकमाण्ड संयोजक

मध्यकमाण्ड संयोजक केशव परियारले जनसभालाइ सम्बोधन गर्दै भने नेपाली दलित समुदामा नत सम्पती रह्यो नत सत्ता रह्यो सत्ता र सम्पती बाट बिमुख दलित समुदाय आज घरनाघाटको अबस्थामा पुर्याउने मुख्य दोस नै राज्य सत्ताको भएकाले दलित अब दलित समुदायको राजनैतिक चेतना र बिकास बाट बिद्रोह नै आबश्यक भएकाले यसका बिरुद्ध लाग्ने सत्ता र सत्ताका संरचनामा जवरजस्त हस्तक्षेप गर्न दलित तयार हुनु पर्ने बताएका थिए।

छबिलाल परियार दलित नागरिक समाज दाङ अध्यक्ष

अरु समुदाय र जात झै दलित समुदाय आत्मसम्मान सहित कहिल्यै हिडडुल तथा अधिकार प्राप्त गर्न नसकेको र दलित समुदायलाइ भोट बैङ्कको रुपमा प्रयोग गर्नेका बिरुद्ध अब दलित समुदायको एकताले मात्रै पुग्दैन त्यसका लागी संगठित हुने सङ्घर्ष गर्न तयार हुने र सत्ता बाट अधिकार प्राप्त गर्न दलित समुदाय बिद्रोहमा तयार हुन आग्रह गरेका थिए।

उनले भने हिजो दलित समुदायका लागी सरकार र सत्ता थिएन अहिले दलित समुदाय सरकारमा पनि छन दलित समुदायको लागी सरकार सदन र संसदमा हरदम पडकन तयार हुनु पर्नेमा दलित सरकारका मान्छे फट्के किनाराका साक्षी सावित हुने राज्य सत्ताको ब्यबस्थाका विरुद्ध संसद पनि दलित समुदायको हकहितका लागी बिद्रोहमा लाग्नु पर्ने बताए।

महाबीर विश्वकर्मा जातब्यबस्था उन्मुलन मोर्चाका केन्द्रिय सचिव

जातब्यबस्था उन्मुलन मोर्चाका केन्द्रिय सचिव महाबीर विश्वकर्माले अहिलेकाे संसदीय व्यवस्थाले जातिय भेदभावकाे अन्त्य नहुँने बताएका छन् । संसदीय व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गरे मात्रै सबै जात र वर्गकाे समानजनक अस्तित्व हुने उनले बताए ।

सल्यानकाे थारमारेमा राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल सल्यानले गरेकाे बृहत आमसभा कार्यक्रममा बाेल्दै उनले राजनीति तहबाटै छुवाछुतकाे अन्त्य गर्न सकिने बताएका हुन् । अहिलेकाे संसदीय व्यवस्थामा दलितहरु नेतृत्वमा पुग्न नसक्ने उनले बताए ।

उनले भने, ‘याे पुँजिवादी व्यवस्थामा दलितहरु चुनाव लड्न आँट गर्दैनन । यहाँ चुनाव जित्नका लागि लाखाैं र कराेडाैं पैसा खर्च गर्नुपर्छ ।

त्याे दलितसँग क्षमता छैन् । त्यसैले याे व्यवस्था फाल्नुपर्छ ।’

अब संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवाद स्थापना गरेपछि मात्रै सबै जातीले मुक्ती पाउने उनले बताए । ‘हामीलाइ हाम्रै खाले राजनीति चाहिएकाे छ । जात छुवाछुत अन्त्य गर्ने व्यवस्था चाहिएकाे छ’, उनले भने ।

भिम बहादुर परियार

उपाध्यक्ष राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेश

मुलुकी ऐन १९१० लाई हाल सम्म कानुन मानेर जात ब्यबस्था र जात ब्यबस्थाबाट बनेका हरेक संरचनालाई नेपालमा दलित मैत्री कानुन र राज्यसत्ता प्राप्त भयो भन्ने राजनीति दल आज नवराज मारिदा, मनबिर सुनार मारिदा ,सेते दमाई मारिदा,मना सार्की र भिम बहादुर बिश्वकर्म मारिदा जेल सम्मकाे हर्कत गर्न नसक्ने गाई मार्दा २० बर्ष जेल सजाय ताेक्नेका बिरुद्ध अबको दलित बिद्रोह हुन आवश्यक रहेको बताए।

उनले भने दलित समुदायलाइ बिभेद गर्ने कानुन र त्यसकाे संरचना भत्काउन दलित बिद्रोह आबश्यक छ। न्यायमा हाम्रो वकिल छैन दलित ले कसरी न्याय पाउछ कानुन लेख्ने ठाउमा हाम्रो मन्त्री छैन कसरी दलित मैत्री कानुन बन्छ १४ वटा आयोगमा कति दलित अध्यक्ष छन त्यहाँ दलित भन्दा गैरदलित छन कसरी दलित समुदायको पक्षमा वकालत हुन्छ। राष्ट्रिय दलित आयोगमा दलित अध्यक्ष भयर के गर्नु सचिव बाहुन हुन्छ कसरी दलित आयोग दलितको पक्षमा वकालत गर्छ त्यसैले सबै संरचनामा दलित पुग्ने खालको ब्यबस्था ल्याउन बिषेश निर्वाचन क्षेत्र दलित समुदायको जनसंख्याका आधारमा कायम गर्न अबको बिद्रोह आबश्य रहेको बताए।

त्यसैले दलित समुदायमा रहेको जातिय विभेद अन्त्य गर्न नेपाली दलित समुदायले राजनीतिक दलका हरेक संरचना हुँदै राज्यसत्ताका निकायमा उपस्थिती मात्रै हैन कार्यकारी भुमिका पाउने अबस्थामा सुधार नभए दलित आन्दोलन पानीका फाेहरा झै हुने निश्चित छ।

यसका लागि अब दलित समुदायले राजनीति चेतनाकाे बिकास सामाजिकआर्थिक अबस्थामा सुधार धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताकाे मुद्दालाई संस्थागत गर्न राजनीति बैचारिक र सैद्धान्तिक रुपमा तयार भय मात्र जात ब्यबस्था तथा जात ब्यबस्थामा जगडिएकाे राज्यसत्तामा हलचल पैदा हुनेछ अनि मात्रै दलित समुदायमा हुने जातीय विभेद र छुवाछूत अन्त्य हुनेछ।

यसका लागी अबको दलित बिद्रोह के का लागी किन र कसका लागी भन्ने कुराको पहिचान नै नगरीकन दलित आन्दोलन तथा जन सभा गरिन थालियो भने दलित आन्दोलन बर्षे भेल झै सावित हुनेमा कुनै शंका नभएको बताए ।

सल्यान जिल्लामा रहेका स्थानिय तहमा दलित समुदायबाट कति जना प्रमुख छन कति जना उपप्रमुख छन कति वडा अध्यक्ष छन भन्दा दुख लाग्दो अबस्था छ के दलित आन्दोलन यसैका लागी थियो। आज सल्यान जिल्लाको जनसंख्यालाइ मध्येनजर गर्दा ६० हजार सेरीफेरी पुगेको छ यो जनसंख्यालाइ के यहँका राजनैतिक दलले सम्मान गरेका छन । सल्यानका ८३ वडामा आज एक जना दलित वडा अध्यक्ष हुदा हामीले मागेको अधिकार के राजनैतिक नेतृत्वले सहजै स्वीकार्यो त्यसैले अबको दलित आन्दोलन यसका बिरुद्ध हुनु पर्दछ।

हामीले सम्मान जनक राजनैतिक राजनैतिक हैसियत मागेका छौ। हामीले मानवअधिकार सहितको सामाजिक न्याय मागेका छौ के राजनैतिक नेतृत्व यो स्वीकार्ने तयार छ बिकुल छैन यसकालागी अबको दलित बिद्रोह छेड्नु पर्दछ।

त्यसका लागी सल्यान जिल्लामा रहेको १७ प्रतिशत जनसंख्याको आधारमा अब हामीले ८३ वडा मध्ये १५् वटा बडामा अध्यक्ष पाउने की नपाउने १० स्थानिय तहमा ३ वटा पालिका र नगरमा प्रमुख पाउने की नपाउने भन्ने सवालमा दलित आन्दोलन सही सावित भयो भने सल्यान जिल्लामा जातिय बिभेद तथा छुवाछुत अन्त्य हुने कुरा जिकिर गरे। त्यसैले अब राजनैतिक नेतृत्वबाटै सत्ता र अधिकार प्राप्त हुने भएकाले यसबारे स्थानिय तहको निर्वाचनमा यसबारे दलित समुदाय एक हुनु पर्ने उनको जोड रहेको थियो।

खड्क बहादुर बिश्वकर्म राष्टिय कर्मचारी परिषद जिल्ला उपाध्यक्ष

बिध्यालय तथा सरकारी संरचनामा दलित समुदायको पिएन हुन नसक्ने हैसिएत कायम गर्ने प्रशासन प्रमुख देखि राजनैतिक दल सम्म चेतनाको बिगुल को रुपमा यो आन्दोलन आबश्यक रहेको बताए।

उनले भने सल्यान जिल्लाका सरकारी कार्यलय तथा गैरसरकारी कार्यलयमा अहिलेको स्थानिय तहको काम आफ्ना नजिकका लाइ काखीमा राखेर दुध भात दिने तर भाेट हालेर सत्ता पुर्याउने दलित चुहिने घरको छाना भोको पेट खाली खुट्टा गाउपालिका पुग्दा सरकारले ब्यवास्ता गरेकै कारण आज दलित आन्दोलन आबश्यक रहेको बताए।

लाल बहादुर बिक नेपाल दलित मुक्तीमोर्चा कर्णाली प्रदेश सदस्य

कालीकोटमा वडा सदस्य मना सार्की मर्नु पर्यो त्यो पनि शाषकलाइ जवानी नसुप्पीदिदा यहाँका साशकले आज हामीलाइ देखा देखी ‌आँखा सोझी नजर मिलायर मार्न तयार भएका छन ।

हामीले दलितका निम्ती बनाउने कानुन परिवर्तनका निम्ती यो आन्दोलन आवश्यक रहेको बताए।

उनले भने स्थानिय सरकार स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुरुप सरकार नचलेको र सरकारले दलित समुदायका निम्ती दिएका अधिकार लाइ कार्यन्वयन गर्न कन्जुस्यायी गरी रहेकाले यसका बिरुद्ध लाग्न आग्रह गरे।

जनक बिक नेकपा एमाले केन्द्रिय सदस्य

नेपालमा जात ब्यबस्था नै उन्मुलन गर्ने सोचले नेकपा एमाले ले जातिय मुक्ती संगठन बनाएको कुरा सबैले जानी राख्न आग्रह गरे अरु राजनैतिक दलले दलित नामका संगठन बनायर जातको आधारमा संरक्षण भन्दा अपहेलित तथा राजनैतिक नेतृवको भुमिका बाट पर राख्ने ब्यबस्था र सरकारका गतिबिधीका विरुद्ध हामी सडकमा हिजो देखव नै रहेकाले राष्ट्रिय दलित मुक्ती जागरण अभियानमा ऐक्कबद्धता भएको बताएका थिय।

टिकाराम सुनार जातिय मुक्ती संगठन सल्यान जिल्ला अध्यक्ष

सल्यान जिल्ला साशकको सधै उपनिबेशमा रहेको जिल्ला हो हिजो नियम बहादुर सुनारले जिल्ला सभापति पाएको टिकट मा बदमासी गर्ने राजनैतिक नेतृत्व अझै जीवीत छ।

यसका लागी त्यस्ता साशकको लागी फेरी दलित समुदाय एक जुट हुन आग्रह गरेका थिए।

क्षेत्र बहादुर बिक नेपाल दलित संघ केन्द्रिय संघ

नेपाली दलित समुदायको त्याग र तपस्या लाइ संस्थागत गर्न जसरी नेपाली काँग्रेसले देबद्रत परियारलाइ महासचिव बनाएको इतिहास छ तर अहिले कुनै पनि राजनैतिक दल दलित मैत्री नभएको गुनासो गरे।

सल्यान जिल्लामा रहेको जातिय बिभेद अहिले परिवर्तन भएको भन्दै त्यसलाइ पनि दलित आन्दोलनबाट रुपान्तरण गर्नु पर्ने जीकिर गरे साशकहरु जहिले पनि सत्ता र पदमा हुने ब्यबस्थाका बिरुद्ध एक जुट हुन यस्ता आन्दोलनको आबश्यक्ता रहेको बताए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता