धर्मनिरपेक्षको मुद्धा संस्थागत गर्न मोर्चाले सघर्ष थाल्नु पर्छ- प्रकाण्डसिंह

धर्मनिरपेक्षको मुद्धा संस्थागत गर्न मोर्चाले सघर्ष थाल्नु पर्छ- प्रकाण्डसिंह

२०७८ कार्तिक १४ सल्यान

नेपाल दलित मुक्ती मोर्चा जिल्ला समन्वय समिती सल्यानको बैठक तथा प्रशिक्षण कार्यक्रम आज सल्यानको श्रीनगरमा सम्पन्न भएको छ।

विज्ञापन

मोर्चाले आयोना गरेको प्रशिक्षणनात्मक कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा माओबादी सल्यान जिल्ला संयाेजक कृतिबहादुर पुन प्रकाण्ड सिंहले धर्म निपेक्षताको मुद्धलाइ संस्थागत गरे जातिय बिभेद अन्त्य हुने बताएका छन ।

नेपालमा माओबादी अन्दाेलनबाट प्राप्त भएका उपलब्धी लाइ रक्षा गर्दै धर्म निरपेक्षताको मुद्धालाइ संस्थागत नगर्न दिन अहिलेका हिन्दु धर्मका अन्यायी तथा धर्मगुरुहरु यसको बिपक्षमा रहेको ले यसलाइ संस्थागत गरेमात्र जातिय बिभेद अन्त्य गर्ने भएकाले मोर्चाले सशक्तरुपमा आन्दाेलन तथा सघर्षका कार्यक्रम जिल्ला स्थानिय तह हुदै वडा तहमा कार्यक्रम लैजाना जिल्ला समन्वय समिती सल्यान ठाेस कार्यक्रम तय गर्नु पर्ने बताए।

अहिलेका सरकारले नेपालमा धर्मनिरपेक्षताका सवाललाइ जन्ता सम्म पुग्न नदिने गतिलो प्रमाण पशुपतिनाको गजुरमा सुनको जलहरी लगाउनु तथा मठ मन्दिर स्थापना गर्नुले धर्मनिरपेक्षको सवाल संस्थागत गर्ने सवालमा सरकार धमिलो पानी माछा मार्ने खोजेको जीकिर गरेका छन।

प्रशिक्षण कार्यक्रममा बोल्दै दलित मुक्तीमोर्चा कर्णाली प्रदेश सयोजक पार्वती बिकले नेपालमा बनेकाे जातिय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ दलित समुदायमाज फट्के किनारमा रहको साक्षी जस्तो हुने गरी ल्याइएकोले यसको रुपान्तर तथा परिवर्तन गरी कडा भन्दा कडा कानुन निर्माण गर्ने सरकारलाइ मार्चाले खबरदारी गरेको बताइन ।

नेपालमा धर्मनिरपेक्षताबाट अहिले नागरिकमा धार्मिक रुपमा स्वतन्त्र भएकाले यसले जातिय बिभेद अन्त्य गर्न केही सहयोग गरेको भएतापनि जात ब्यबस्थामा जगडिएको धर्म संस्कृती र जात ब्यबस्थामा सञ्चालित राज्य सत्ताको संरक्षणले गर्दा आज देबिको मन्दिरमा पुजा गर्न खोज्दा असोज २८ गते चितवनमा भिम बहादुर बिश्वकर्म मर्नु नै धर्म निरपेक्षको बिरुद्ध हो भन्ने प्रमाण भएकाले संबिधानमा अनुबन्धित शब्दावली धर्मनिरपेक्ष लाइ संस्थागत गर्न मोर्चाका सबै तहहरुमा सघर्षका कार्यक्रम लैजान बैठमा निर्देशन गरिन।

अब दुधको साक्षी बिरालो हुनै नसक्ने भएकाले मोर्चाले गरेका कुर्वानीलाइ संस्थागत गर्न एक पटक धर्म निरपेक्ष राष्ट्र हुन नदिने बिरुद्ध मोर्चाले सबै गतिबिधी हरु सञ्चालन गर्ने बताइन ।

मोर्चाका सल्यान जिल्ला इन्चार्ज तिलक बिकको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन तथा अध्यक्षता संयोयजक मानसिह बिकले गरेको प्रशिक्षण कार्यक्रम बिभिन्न कार्यबिभान गरी सम्पन्न भएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता