युवा तथा खेलकुद बिभाग प्रमुखमा नेता पुन र जिल्ला पार्टी इन्चार्जमा ओली

युवा तथा खेलकुद बिभाग प्रमुखमा नेता पुन र जिल्ला पार्टी इन्चार्जमा ओली

२०७८ भदाै १० बिक्रम परियार रुकुम पूर्व

पूर्व बाणिज्य तथा अपुर्ति मन्त्री तथा हाल नेकपा माओबादी केन्द्रका नेता गणेशमान पुनले पार्टीको युवा तथा खेलकुद विभागको प्रमुखको जिम्मेवारी पाएका छन ।

हालै सम्पन्न पार्टीको केन्द्रिय कमिटि बैठकबाट नेता पुनलाई युवा तथा खेलकुद विभागको प्रमुखको जिम्मेवारी दिइएको हो ।

यस्तै अखिल नेपाल खेलकुद महासंघको इन्चार्जको जिम्मेवारी पनि पुनले नै पाएका छन । रुकुम (पूर्व) सिस्ने गाउँपालिका २ मा स्थायी घर भएका पुन नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य हुन ।

यसअघी उनि सिंगो नेकपा हुँदा पार्टीको पोलिटव्युरो सदस्य रहेका नेता पुनले बाणिज्य तथा आपुर्ती मन्त्रालय को जिम्मेवारी समाली सकेमा छन।

त्यस्तै गरी नेकपा माओवादी केन्द्र रुकुम –पूर्व) को इन्चार्जमा तेजबहादुर ओली –प्रतीक) लाई तोकीएको छ ।

नेकपा माओवादी केन्द्रले देशभरि अधिकांश जिल्लामा पुरानै इन्चार्जलाई यथावत राख्ने क्रममा यो भन्दा अघि पनि इन्चार्ज रहनुभएका ओलीलाई अहिले पनि इन्चार्जमा निरन्तरता दिइएको हो ।

माओवादी एकल पार्टी हुँदा इञ्चार्ज भएका ओली नेकपा बनेपछि सह इञ्चार्जको जिम्मेवारीमा समालेका थिए।

केन्द्रीय समितिको बैठकपछि जिल्ला संरचना खारेज गरेर जिल्ला समन्वय समिति बनाएको सो पार्टीले जिल्ला समन्वय समितिलाई केन्द्रबाट हेर्ने गरी रुकुम –पूर्व) मा ओलीलाई इन्चार्ज तोकेको हो ।

जिल्ला संयोजक र सहसंयोजक भने प्रदेशले तोक्ने छ। २०४६ सालमा अनेरास्ववियूको सदस्यता प्राप्त गरी आफ्नो राजनीतिक यात्रा सुरु गरेका र्ओलीले २०४८ सालमा नेकपा मसालको पार्टी सदस्यता प्राप्त गरेका थिए । हाल उनि लुम्बिनी प्रदेश सभाको सदस्य हुन । उनको स्थायी ठेगाना भूमे गाउँपालिका ७ तामारी हो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता