दलितका लागी छुटै निर्वाचन क्षेत्र बनाउनु पर्छ : दुर्गा पौडेल

दलितका लागी छुटै निर्वाचन क्षेत्र बनाउनु पर्छ : दुर्गा पौडेल

काठमाडाै २०७८ भदाै ४

राष्ट्रिय जनमोर्चा का उपाध्यक्ष दुर्गा पौडेलले दलितका लागि छुट्टै निर्वाचन क्षेत्र बनाउनु पर्ने बताएकी छन।

विज्ञापन

बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण र राजनीतिक प्रतिबबद्धता’ विषयक अन्तरक्रिया

कार्यक्रममा बोल्दै पौडेलले दलित समुदायबीच मात्रै प्रतिष्पर्धा हुनेगरी बेग्लै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताएकी हुन ।

दलित समुदायले अन्य जातीसँग प्रतिष्पर्धा गर्न गाह्रो हुने भएकोले उनीहरुको प्रतिनिधित्व सुनिश्चित गर्न दलित दलितबीच मात्रै प्रतिष्पर्धा गराउनु पर्ने उहाँले बताइन ।

‘दलित समुदाय वर्षौंदेखि पछाडी पारिएको छ अन्य जातीसँग प्रतिष्पर्धा गरेर राजनीतिमा आउन उनीहरुका लागि धेरै असहज हुन्छ’ पौडेलले भनिन, ‘त्यसकारण उनीहरुको प्रतिनिधित्व सुनिश्चित गर्न केही निर्वाचन क्षेत्र छुट्याउनुपर्छ, जहाँ दलित दलितबीच मात्रै प्रतिष्पर्धा होस् ।’

पौडेलले अहिलेको २१औँ शताब्दिमा पनि जातीय छुवाछुत तथा हिंसाका घटना ब्याप्त रहेको भन्दै छुवाछुत गर्नेमाथि सरकारले कडा दण्ड सजायसँगै जनचेतना काकार्यक्रम ल्याउनुपर्ने बताइन ।

उनले दलित समुदायले प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिइन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता