पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
सुर्खेत, श्रावण ७ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव तथा वाम लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व कमरेड पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान, कर्णाली प्रदेशद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ।
वीरेन्द्रनगर–६, सुर्खेतमा आयोजित कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठान, कर्णाली प्रदेशका अध्यक्ष बसन्त कुमार विश्वकर्माको अध्यक्षता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज केदार कुमार कंडेल प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा नेपालमा कम्युनिष्ट आन्दोलनको विकास, लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समानताका लागि पुष्पलालले पुर्याउनुभएको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँका विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरेका थिए।
श्रद्धाञ्जली कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण पार्टीका नेता तथा , शुभेच्छुकहरुकाे उपस्थिति रहेको थियोे ।
#पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्नसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा