ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस 

कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस 

कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस 

साउन ६  सल्यान

विज्ञापन

संसारमा वेला वेलामा विलक्षण प्रतिभा संकल्प शक्ति भएका मानिसहरु जन्मन्छन ।

जसले आफ्ना लागि मात्र होइन । सिंगै देश, जनता र मानव समुदायको हितका खातिर आफ्नो जीवन समर्पण गरेका हुन्छन । पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्व हुनुहुन्छ र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ ।

वि.सं. १९८१ असार १५ गते रामेछाप नगरपालिका वडा नं. ८, भँगेरीमाजन्मनु भएको थियो ।
वि.सं. २०३५श्रावण ७गते भारतको नयाँदिल्ली स्थित गोविन्दबल्लभपन्त अस्पतालमा वहाँको निधनभएको थियो ।पुष्पलालले करिव १६ वर्षको उमेर देखि सक्रिय राजनीतिक जीवन विताउनु भयो र ३८ वर्षसम्म नेपाल र नेपालीजनताको स्वतन्त्रता, मुक्ति र समृद्धिका निम्तिअनबरत संघर्ष गरेर नेपाली राजनीतिकआकाशमा एउटा उज्वल नक्षत्रका रुपमाआफूलाई स्थापित गर्नु भयो ।

नेपालको एकतन्त्रिय जहाँनिया राणाशासनको विरुद्धमा प्रजातान्त्रिक आन्दोलनका आदरणीय शहीदगंगालाल श्रेष्ठका सहोदर भाई स्व. पुष्पलालले निरंंकुश राणाशाही विरोधीआम प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउने काममा र त्यो आन्दोलनलाई क्रान्तिकारी प्रजातान्त्रिक आन्दोलनका रुपमा उठाउने काममा खेल्नु भएको भूमिका असाधारण महत्वको छ ।

को हुन  पुष्पलाल

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवं संयुक्तजनआन्दोलनका सिद्धान्तकार कमरेड पुष्पलालश्रेष्ठ दुरदर्शिता, त्याग र इमानका प्रतिकका रुपमा नेपालको राजनीतिकमा उच्च स्थान वनाउन सफलहुनु भयो ।

वि. सं. २००६ वैशाख १० गते अर्थात सन १९४९ अप्रिल २२ का दिनभारतको कलकत्तास्थित श्यामवजारमाआफ्ना सहकर्मीहरु निरञ्जन गोविन्द वैद्य, नरवहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतीदेवीश्रेष्ठलाई साथमा लिएर कमरेड पुष्लालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो ।

कमरेड पुष्पलालको योगदान र त्यागका कारण नेपालमा धेरै नामका कम्युनिष्ट पार्टीहरु सशक्त र गौरबशाली पार्टीका रुपमा देशभर स्थापित भएका हुन । नेपालमा कम्युनिष्ट पार्टीको विचारधारा भित्र्याउने, त्यसलाई संगठनका माध्यमवाट जनतामा लैजाने र परिवर्तन सम्भव छ भन्दै साहसका साथ शुन्यवाट काम शुरु गर्ने नेताकै कारण पुष्पलालआज पर्यन्त हामी सवैका लागिआदर्श र प्रेरणाका श्रोतका रुपमा रहिरहनु भएको छ ।

कम्युनिष्ट पार्टीको संस्थापक महासचिवलाई पहिलो महाधिवेशन गर्न नदिएरै विचवाट हटाउँदा महाधिवेशन
बाट निर्वाचित भएकाहरु २०१७पौष १ गतेको शाही!कु’लाई समर्थन गर्दै विचलितहुँदा र आफ्ना कैयौं सहयोद्धाहरुले सैद्धान्तिक र संगठनात्मक मतभेद देखाउँदै आफुलाई छाडेर अलगिंदा समेत कमरेड पुष्पलालआफ्नो कामवाट विचलितहुनु भएन ।

पुष्पलालको “तिन स” काे सिद्धान्त : सिद्धान्त, संगठन र संघर्षकाे नीतिलाई अवलम्वनगर्दै कम्युनिष्ट पार्टीको झण्डालाई माथि उठाउन पुष्पलालले आफ्नो जीवन समर्पित गर्नु भयो ।

त्यसैको जगमा उभिएर आज नेपालमा कम्युनिष्ट आन्दोलन सशक्त पार्टी वन्न सफलभएको छ ।

कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद २००५ अर्थात १९४९ अप्रिल ५ माप्रकाशन गरेर कम्युनिष्ट विचारधारासंग नेपालीहरुको परिचय गराउँनुका साथै नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेर त्यसमा गोलवन्द गर्ने अगुवाका रुपमा पुष्पलालको स्थान इतिहासमा सुरक्षित छ ।

त्यतिमात्रहोइन, नेपालीसमाजको पारलौकिक, धार्मिक वा रुढीबादी होइन, द्वन्द्ववात्मकभौतिकवादीअध्ययनविश्लेषण गर्ने र यसलाई परिवर्तन गर्ने सन्दर्भमापुष्पलालका योगदानहरु अविस्मरणीय छन ।

सांस्कृतिक रुपान्तरण विना कम्युनिष्ट पार्टीले आमूल परिवर्तन गर्न सक्दैन भन्ने मान्यताका आधारमा पुष्पलालले राजनीतिक क्षेत्रका साथै सांस्कृतिक कामलाई उनिउतिकै जोड दिएको पाइन्छ । कविवर युद्ध प्रसाद मिश्रका साथै मदन भण्डारी, मोदनाथप्रश्रित, जीवराजआश्रित जस्ता नेताहरु पुष्पलालले निर्माण गर्नु भएको सांस्कृतिक मोर्चासंग आवद्ध हुनुवाट पनि यसको महत्व देखिन्छ ।

एक दलीय निरंकुश र हुकुमी पञ्चायती व्यवस्थालाई फाल्नका लागि कम्युनिष्ट र काँग्रेस विच संयुक्तमोर्चा बनाउनु पर्छ भन्दा अनेक आरोप खेप्नु परे पनिकमरेड पुष्पलालले आफ्नो नीतिलाई कहिल्यै छाड्नु भएन ।

प्रमुख अन्तरविरोधको सही किटान र त्यसका विरुद्धमा सहायक अन्तरविरोधहरुलाई थाँती राखेर मोर्चा बनाउँदामात्रै पञ्चायतलाई फाल्न सकिन्छ भन्ने दूरदृष्टिकै आलोकमा २०४६ को संयुक्तजनआन्दोलन अघि बढेका कारण बहुदलीयप्रजातन्त्र स्थापना सम्भव भएको थियो ।

नेताका रुपमा स्थापित हुन उसले कुनै पनि पद प्रतिष्ठा पायो वा पाएन भन्ने आधारमा होइन, उसले अघिसारेका नीतिहरुले सफलता पाए वा पाएन भन्ने आधारमा तय हुन्छ भन्ने उदाहरण पुष्पलाल हुनुहुन्छ ।

नेपालवाट सामन्ती राजतन्त्रलाई सधैंका लागि विदा गरेर गणतन्त्र स्थापना गर्ने कमरेड पुष्पलालको अविचलित अडान र प्रतिवद्धता कार्यान्वयन भएको आजको युगमा उहाँको सान्दर्भिकताझन बढेको छ ।

त्यसैले कम्युनिष्ट पार्टीमा नेता प्रधान होइन, नीतिप्रधान हुन्छ भन्ने वहाँको मार्मिक भनाई नेपालीको मनमा गुञ्जिरहेको छ ।
सही राजनीतिलाई अघि बढाउन सहि विचारधारा हुनु पर्छ भन्नेमा दुईमत छैन ।

त्यसका लागि पर्याप्त मात्रामा अध्ययन, चिन्तन र विश्लेषण आवश्यकता पर्दछ । पुष्पलाल दर्शन, साहित्य, इतिहास, विदेश सम्वन्ध, संस्कृति जस्ता विषयमा गहनअध्येता हुनु हुन्थ्यो भन्ने कुरा उहाँका संकलित रचनाहरु अध्ययनगर्दा थाहा हुन्छ ।

इतिहासको गहिरो अध्ययनगर्दै नेपालको मौलिकता र विशेषताअनुरुप कम्युनिष्ट पार्टी अघि वढ्नु पर्छ भन्ने कुरामा पुष्पलालले राजनीतिक दस्तावेजहरुका साथै आफ्ना रचनाहरुमा पनि महत्वका साथ उल्लेख गर्नु भएको छ ।

यतिसम्म कि त्यस कठोर संघर्षकालमा समेत क्रान्तिपछि कम्युनिष्ट पार्टी सत्तामा गएपछि के के काम कसरी गर्नु पर्छ भन्ने सम्मका विषयहरु पुष्पलालले सोचविचारका साथ उठाउनु भएको पाइन्छ ।

कठोर राजनीतिक व्यवस्थाका कारण देशभित्रै बसेर राजनीतिक गर्न असम्भव भएर भारत निर्वासितहुनु परे पनि त्यसका प्रभावहरु पुष्पलालको जीवन र लेखनमा कहीकतै परेको भेटिंदैन ।

लाखौं लाख झुपडीहरुको एकता नै नेपालको राष्ट्रियता हो आफ्नो देशलाई बलियो बनाउन शासक होइन, जनता सचेत हुनु पर्छ भन्ने मान्यतालाई पुष्पलालले अघि बढाउनु भएको थियो ।

कम्युनिष्टहरु साँचो अर्थमा नेपालको राष्ट्रियताको पहरेदार हुनभन्ने कुराको मानक पुष्पलालले नै स्थापना गर्नु भएको थियो ।

दिल्ली सम्झौताको विरोध देखि नेपाल माथि हुने हरेक थिचोमिचोको अग्रपक्तिमा रहेर विरोध गर्ने कामको अगुवाई कमरेड पुष्पलालले गर्नु भएको थियो ।

नेपालको कम्युनिष्ट आन्दोलन कमरेड पुष्पलाल जस्ता आदर्श नेताहरुको वैचारिक नेतृत्व, इमान र संघर्षको जगमा उभिएको छ ।

पुष्पलालले ५४ वर्ष लामो यात्रामाआफ्नो जीवनकालमा गर्नु भएको कठोर संघर्ष, निष्ठापूर्ण राजनीतिर इमान्दार प्रयास आजको मजवुत कम्युनिष्ट आन्दोलनको आधार शिलाका रुपमा छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान

कमरेड पुष्लालले नेपाली जनताको राष्ट्रिय स्वतन्त्रता र सामाजिक मुक्तिका आन्दोलनहरुलाई अघि वढाउने काममा महत्वपूर्ण योगदान गर्नु भएको छ ।

तीआन्दोलनको क्रममा उहाँले प्रतिपादन गर्नु भएको संयुक्त
जनआन्दोलनको कार्यनीति अहिले पनिउत्तिकै सान्दर्भिक रहेको छ ।
यसरी वहाँका चिन्तन, विचार, कृयाकलापहरु र वहाँले दिनु भएका सम्पूर्ण योगदानहरु आज नेपाली कम्युनिष्ट आन्दोलन, नेपाली प्रजातान्त्रिक आन्दोलन र समग्र राष्ट्रिय विकास र अग्रगतिका महत्वपूर्ण सम्पत्ति बन्न पुगेका छन ।

ती सम्पत्तिहरुको संरक्षण गर्नु, सम्बर्धन गर्नु र वर्तमान तथा भावी पिढीका निम्ति तिनीहरुलाई प्रेरणा पुञ्ज बनाइरहनु अत्यन्त जरुरी छ ।त्यो कामको दायित्व इतिहासले अव हाम्रो काँधमा छोडेको छ ।

यस्तो विशिष्ट व्यक्तित्वको सम्झना गर्नु, उहाँको वाँकी रहेको सपनालाई साकार पार्नु, उहाँको सम्झनालाई चिरस्थायीपार्दै उहाँकाकाम, शिक्षा, अनुभव र संस्कृतिवाट भावी पिंढीलाई प्रशिक्षित गर्ने र सामाजिक परिवर्तनको दिशामा निरन्तर क्रियाशील तुल्याउँन सहयोग पुर्याउने तथा त्यसैगरी राष्ट्रियता, प्रजातन्त्र र जनताको लागि क्रियाशील सवै क्षेत्र तथाजातिका राष्ट्रिय व्यक्तित्व, विभूति, शहीदहरु र विचारकहरुलाई समान दृष्टिकोणले सम्मान गर्ने उद्धेश्यले पुष्पलाल स्मृति प्रतिष्ठाननामक संस्था २०५१ चैत्र ३० गते स्थापना गरिएको हो ।

प्रतिष्ठानका उद्धेश्यहरु

१. स्व.पुष्पलालका देन र कृतिहरुको प्रचार गर्नु र वहाँले दिएको शिक्षा र संस्कृतिवाट वर्तमान तथा भावी पिंढीलाई प्रशिक्षित गर्ने ।

२. नेपाली राष्ट्रियताको विकास, नेपालीजनताको. हित र नेपालको प्रजातान्त्रको लागि संघर्षशील राष्ट्रिय विभूतिहरुलाई नेपाली समाजमा प्रकाशमा ल्याउने र उहाँको योगदान र कृतिहरुको प्रकाशन गर्ने ।

३. नेपालको वामएवं प्रजातान्त्रिकआन्दोलनको अनुसन्धान, मूल्यांकन तथा अन्यखोजपूर्ण कार्यहरु गर्ने ।

४.नेपालको वाम तथा प्रजातान्त्रिकआन्दोलन सम्वन्धी छलफल, विचार गोष्ठी, राष्ट्रिय तथाअन्तर्राष्ट्रिय सभा सम्मेलन गर्ने र यस सम्वन्धी पत्रपत्रिका, पुस्तक, फोटो, चलचित्र तथा अन्य श्रव्यदृश्य सामाग्रीप्रकाशन गर्ने ।

५.नेपालको वाम तथा प्रजातान्त्रिकआन्दोलन इतिहास लेख्न तथा लेख्न लगाउने ।

६.नेपालकाे राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमिकताको लागि लड्ने सवै शहीदहरु, लडाकुहरु तथा विशिष्ट व्यक्तिहरुको सम्मान गर्नु, वहाँहरुको योगदान तथा कार्यहरुको प्रचार गर्ने तथा त्यस्ता व्यक्तिहरुको विषयमाअध्ययन अनुसन्धान गरी प्रकाशमा ल्याउने ।

७. नेपालको इतिहास तथा समाजशास्त्र, दर्शनशास्त्र लगायत विविध विषयहरुको अध्ययनतथा अनुसन्धान गर्ने गराउने ।

८. नेपाललाई विकासशिल राष्ट्रवाट विकसित राष्ट्रमा परिणत गर्नको निमित्त विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धान गर्ने गराउँने ।

९. राष्ट्रको चौतर्फि विकासको लागि विविध विषयको लागि खोज तथा अनुसन्धान गर्ने गराउँने ।

१०.जनतामा नागरिक चेतना जगाउँन तथा प्रजातान्त्रिक राजनैतिक संस्कृतिको अभिवृद्धि गर्न आवश्यककार्यहरु गर्ने ।

११.नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखी नेपालको अन्य राष्ट्रहरु र राष्ट्रका जनतासंगको सम्वन्धको वारेमाअध्ययन अनुसन्धान गर्ने तथा त्यस सम्वन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।
१२. यस प्रतिष्ठानको उद्धेश्यसंग मेलखाने राष्ट्रिय तथाअन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग मैत्रीपूर्ण सम्वन्ध राख्ने ।

१३. २००७ अघि राणा शासन विरोधी तथा प्रजातन्त्र प्राप्तीको संघर्ष र २००७ देखि २०१७ सम्मको प्रजातान्त्रिक आन्दोलन २०१७ पछि नेपालमा प्रजातन्त्र स्थापना र सुदृढिकरण गर्ने आन्दोलनमा आ-आफ्नो क्षेत्रवाट योगदान पुर्याउनु हुने तथा नेपालमा निरंकुशता विरोधी, वाम तथा प्रजातान्त्रिक आन्दोलनको सन्दर्भमा शहादत प्राप्त गर्नु भएका श्रद्धेय शहीदहरुको व्यक्तित्व र कृतित्वहरुको प्रचार प्रसार र प्रकाशन गर्ने ।

१४.वाम एवं प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्ने व्यक्तित्व र कृतित्वको प्रचार प्रसार गर्ने उहाँहरुको सम्मानतथा अभिनन्दन गर्ने ।

१५. यस प्रतिष्ठानको प्रस्तावसंग मेल खाने गरी अन्यआवश्यककार्यहरु गर्ने ।

लेखक
बसन्तकुमार विश्वकर्मा

केन्द्रीय कमिटी सदस्य, नेपाली कम्युनिष्ट पार्टी एवं अध्यक्ष(पुष्पलाल स्मृति प्रतिष्ठान, कर्णालीप्रदेश

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता